अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, १२ भदौ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवारमा विरोध प्रदर्श कार्यक्रम भएको छ ।
सो नगरपालिकामा रहेको पर्सा चौकमा हिन्दु धर्मावालम्बी युवा तथा किशोर किशोरीहरुले गौ हत्यारालाई कार्वाहीको जोडदार माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

सो कार्यक्रम नगरपालिकाको महिलवार देखि पर्सा चोक सम्म पैदल र्याली निकाली विरोध गरेका थिए ।
कार्यक्रममा हिन्दु धर्मावलम्बी गौ हाम्री आमा हुन र राष्ट्रिय जनावर गाईको संरक्षण गर , गाई गोरु हत्या गर्न पाईदैन भन्ने नारा सहित र्याली निकाली विरोध गरेका छन् ।
नेपाल हिन्दु राष्ट्रिय कायम गर सविधानसंग खेल्न पाईदैन भन्ने नाराका साथ शान्तिपूर्ण विरोध प्रदर्शन भएको गरेका हुन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगमा र लुम्बिनी हिन्दु समाजको आयोजना विरोध प्रदर्शन भएको हो ।
विरोध कार्यक्रम राकेश कुमार गुप्ता, श्याम कुमार यादव, दिनेश गुप्ता, राज कुमार लोध, शिव राम चौधरीको नेत्वतमा भएको र सयौ भन्दा बढी स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।