logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    माओबादीको विजयनगरमा विशेष रूपान्तरण अभियान


    १२ भाद्र २०८० , मंगलबार

    माओबादीको विजयनगरमा विशेष रूपान्तरण अभियान

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, १२ भदौ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा माओबादी विशेष रूपान्तरण अभियान सुरु भएक्के छ । कार्यक्रम नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा शनिवार भएको छ।
    कार्यक्रममा एहसान खानको प्रमुख अतिथ्यता रहेको थियो । खानले माओबादीले सबैलाई अधिकार संविधानमा दिलायो तर पूर्ण कार्यान्वयन ल्याउन नेकपा माओबादी पार्टीलाई दुई तिहाई बहुमतका साथ सरकारमा ल्याउनु पर्नेमा जोड दिनुभयो।
    कार्यक्रममा सुकई थारुले माओबादी पार्टीमा नै सबैको हक अधिकार सुनिश्चित रहेको र एकजुट भएर नेकपा माओबादीमा लाग्नुपर्ने बताउनुभयो।
    कार्यक्रममा जिल्ला संयोजक बेल्वासेले संसारमा दुई वर्गका मानिस रहेको हुन्छन् । एउटा काम गरेर खाने अर्को अरूको मिहिनेतमा बाच्ने तर माओबादी पार्टी जहिले पनि श्रमको सम्मान गर्ने बताउनुभयो।

    कार्यक्रममा उपाध्यक्ष मौलाना मशहूद खान ले नेकपा माओबादी पार्टीलाई अझ बलियो बनाइएन भने पाएको उपलब्धि समेत गुम्ने खतरा रहेको बताउदै भ्रष्टाचारको बिरूद्धमा लाग्ने पार्टी नेकपा माओबादी लाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा संयोजक नुरुल खानले विजनगर गाँउ कमिटीको बैठक द्वारा भएको निर्णय पार्टीको रूपान्तण अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विजयनगरमा नेकपा माओबादी पार्टी पहिलो स्थानमा ल्याउने तथा जनताको साथमा सधैँ रहने बताउनुयो।
    नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य सुकई थारु, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र अचार्य नेकपा माओबादी केन्द्र जिल्ला संयोजक बिष्णु वेलवासे, , सरिता अर्याल रहनुभयो ।

    कार्यक्रममा नगर कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो भने सुदिप सारूले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.