logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    गैडहवामा नाप नक्सा सुरु


    १२ भाद्र २०८० , मंगलबार

    गैडहवामा नाप नक्सा सुरु

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, १२ भदौ । रुपन्देहीको गैडहवा गाउँपालिकामा अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि नाप नक्सा सुरु भएको छ ।
    राष्ट्रिय भूमि आयोगले जारी गरेको भूमिहिनता अन्त्यको राष्ट्रिय अभियानलाई मध्य नजर गरेर गाउँपालिकाले भुमिहिन सुकम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनको लागि नाप नक्सा आइतवारदेखि शुभारम्भ भएको छ ।


    गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच कार्य सुरु भएको छ ।
    राष्ट्रिय भुमि आयोग रुपन्देही र गाउँपालिकाको आयोजनामा भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासिहरुको व्यवस्थापनको लागि नापजाँच सोही गाउँपाकिलाको वडा नम्बर ९ बाट शुभारम्भ भएको थियो ।
    सो शुभारम्भ समारोह राष्ट्रिय भुमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले वडा नम्बर ९ बाट सुकुम्बासी जग्गा नापजाँच गरी सुरु भएको थियो ।
    उक्त समारोह माओवादी केन्द्र गैडहवाको पहलमा भएको छिटै नै प्रधानमन्त्री प्रचण्डबाट लालपुर्जा वितरण गर्ने गरि काम गर्ने गराउने प्रतिबद्धता समेत राष्ट्रिय भुमि आयोगका अध्यक्ष आचार्यले बताएका थिए ।
    जग्गा नापजाँचका लागि प्राविधिक टोली पूर्ण रुपमा फिल्डमा नै रहने हुनाले वडा अध्यक्षसँग समन्वय गरी आ–आफ्नो जग्गा नापी गराउने जनाएका थिए ।
    साथै साँध–साधियारमा आउने असमझदारीहरुलाई वडा सहजिकरणले फिल्डमै बसेर सहजिकरण गरी मिलाउने र प्राविधिक टोलीलाई प्राविधिक कार्यमा केन्द्रित हुने वातावरण मिलाएर नापजाँच गर्ने जनाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.