भैरहवा, १५ भदौ । लामो समय देखि सामाजिक कार्यमा अग्रसर रहेको जेसिआई नेपालले तथा तिलोत्तमाको आतित्थ्यतामा गत भदौ ८ र ९ गते क्षेत्र नं घ को सम्मेलन बुटवलमा भएको थियो । उक्त सम्मेलनमा क्षेत्र नं घ का जेसीआई क्बलको सहभागीत भएको हो ।
सामाजिक कार्यमा अग्रसर रहेका जेसीआईका सदस्यहरु बिच वत्तित्वकला प्रतिस्पर्धा गरीएको थियो । उक्त प्रतिस्पधामा जेसीआई सिद्धार्थ लेडीको प्रतिनिधित्व गर्दै उक्त क्लबकी सहसचिव महिमा बस्नेतले दोस्रो स्थान पाउन सफल भएकी छिन् ।
क्लबका अध्यक्ष गीता गैरे बन्जाडेका अनुसार महिलाले प्रस्पिर्धामा उत्रीएर स्थान बनाउनु अत्यन्तै सकरात्मक भएको बताउँदै, यो सफलता क्लबको नाम समेत उचो राखेको बताइन् ।
नेपाल जेसीजको २०२३ को ए वान फामिली, टिम गोल शिर्षकमा सम्पन्न भएको प्रतियोगितामा क्षेत्र घ भित्रका ५६ वटा शाखा मध्ये जेसीआई सिद्धार्थ लेडीको तर्फ बाट सहभागी भई उत्कृष्ट प्रस्तुती सहित दोस्रो भएका हुन् । शनिवार प्रतियोगितामा स्थान लिन सफल भएकाहरुलाई सम्मान गरीएको थियो ।