कमल पोख्रल
भक्तिमार्गीहरू श्रीकृष्णलाई पुज्छ्न् भने ज्ञानमार्गीहरू श्रीकृष्णलाईअलिक फरक ढङ्गले बुझ्ने प्रयास गर्छन् । ज्ञानमार्गीहरू नास्तिक भने पटक्कै होइनन् । उनीहरूलाई मनगढन्तेरुपमा नास्तिकको लान्छना पनि लाग्न सक्छ ।यत्ति बुझौ कि ज्ञानमार्गीहरू नास्तिक हुँदै होइनन् ।
पुज्नेहरूले श्रीकृष्णको आरती उaतार्छन , मनपसन्द चिजबिज अर्पण गर्छन् । मख्खन चोरको उपाधि पनि भिराउछन् ।गोपिनीहरूसङ्ग रमाउदै हिँडेको अनि कंश लगायत अनेक असुरहरूको बध गरेको आदि प्रसङ्गका कुराप्रति अत्यन्त श्रद्धापूर्वक गौरव महसुस गर्छन् । आफ्नो जीवनमा एकपटक उनको साक्षात्कार गर्न पाए धन्य हुने सुन्दर अभिलाषा पनि प्रकट गर्दछन् । त्यसैले भक्तिमार्गीहरू श्रीकृष्णका सुन्दर प्रतिमा घरमा सजाउँछन नित्य पुजा अर्चना गर्छन् ।भक्तिभावमै डुबेर भागवत गीता लगायतका शास्त्रहरू अध्ययन पनि गर्छन् ।
ज्ञानमार्गीहरू श्रीकृष्णलाइ जीवन र जगतको एक उच्चतम प्रतिक मात्र सम्झन्छन् । मनुष्य जीवनको लक्ष्य सबै प्रकारका आसुरी प्रवृतिबाट उन्मुक्ति प्राप्त गर्नु हो भन्ने कुरामा विश्वास गर्छन् । आफूभित्रको कृष्णत्व जगाउनु पर्ने कुरामा जोड दिन्छन् , जीवनलाइ ईश्वरको सुन्दर बाँसुरीको रूपमा स्वीकार गरेर यसलाई मधुर लयमा बजाउने प्रयास गर्छन् । मानव लगायतका जिवात्माहरूलाई गोप ,गोपिनीको रूपमा ग्रहण गरेर सबैलाई प्रेमपूर्ण व्यवहार गर्छन् । भौतिक सुख साधनको रहमा डुबुल्की लगाएका मानिसमा रहेको अहमताको चिरहरण गरेर आत्मिक आनन्दको झुलामा झुल्नु , झुलाउनु सच्चा ज्ञानमार्गीहरूको विशेषता हुन्छ र हुनुपर्छ ।ज्ञानमार्गीहरू शास्त्रास्त्र गर्दैनन् वा भनौ सिमित अध्ययन गर्छन ।धेरै बुझ्छन् ।ज्ञानमार्गीहरूहरू असाध्यै धेरै अध्ययन गर्छन् भन्ने कुरामा त्यति सत्यता छैन ।
ज्ञानमार्गीहरूले पनि भक्तिभावना कत्ति पनि नराख्ने चाही होइनन् । तर उनीहरूको भक्ति कृष्णलाइ खुसी पार्नु नभएर प्राणी जगतलाई खुसी पार्नु रहेको हुन्छ । किनकी प्राणी मात्रको खुसीनै श्रीकृष्णको खुसी हो भन्नेमा विश्वास गर्छन् ।त्यसैले उनीहरू भक्तिमार्गका हरेक साधनलाई ज्ञानको कसी लगाउने प्रयास गर्छन ।जस्तो कि फूल भक्तिमार्गको साधन हो । ज्ञानमार्गीहरू कृष्णको मूर्तिमा फूल चढाउनु नचढाउनुमा त्यति महत्व देख्दैनन् । ।उनीहरू आफ्नो जीवन नै फूल जस्तो बनाएर जीवन सार्थक पार्ने प्रयास गर्छन् । प्रसाद चढाउनु नचढाउनुमा खासै अन्तर देख्दैनन् । आफ्नो मधुर वाणीरूपि प्रसाद बाँडेर सबैमा खुसी भर्ने प्रयास गर्छन् ।
त्यसो त भक्ति उपासना गर्नेहरूमा बिस्तारै यी गुणहरूको बिजारोपण हुदै जान्छ ।सरलता , मधुरवाणी , प्रेम, दया ,उपकार जस्ता कुराहरू भक्तिमार्गी जीवनमा स्वतस् विकसित हुदै जान्छ ।बाटो घुमाउरो मात्र हो । अन्ततः मानिसमा हुनपर्ने कुरा यिनै हुन् ।
ईश्वर दयाका प्रतिमूर्ति हुन् ।ईश्वर हाम्रो समर्पण भावनाले खुसी हुन्छन । त्यो समर्पण भावना भनेको सदैव ईश्वरप्रति अनुगृहित हुनु नै सच्चा उपासना हो ।भोजन नखाएर ब्रत बस्नु वैज्ञानिक दृष्टिले ठिकै होला ।तर भोकै बसेर ईश्वरको उपासना गर्नु पनि ईश्वरसङ्ग गरेको एकप्रकारको हठ वा जिद्दी नै हो ।जसरी बाबुआमाको सामु सानो बच्चाले नखाएर घुर्की देखाउँछ । ईश्वरले आफ्ना बच्चाहरू सधै सात्वीक आहार बिहार गरुन् टन्न अघाउन् र निष्काम भएर कर्मयुद्धमा लागुन् भन्ने नै चाहाना राख्नुहुन्छ जसरी बाबुआमालाई छोराछोरीले टन्न पेट भरेर खाऊ्न भन्ने अपेक्षा गरेका हुन्छन्।लौकिक बाबुआमामा यस्तो गुण हुनु पनि त ईश्वर प्रदत्व उपहार हो । असल गुणहरूको मूल स्रोत ईश्वर नै हुनुहुन्छ ।
त्यसैले श्रीकृष्ण हाम्रो भावनाको भोको हुनुहुन्छ । प्रेममय जीवन नै कृष्ण उपासना हो । शौर्य, पराक्रम जस्ता गुणहरूको विकास गर्ने तर्फ क्रियाशील रहनु पनि कृष्ण उपासना हो ।जीवनलाई उत्सवमयढङ्गले अवलम्बन गर्नु पनि कृष्ण उपासना हो । सबै खाले अन्याय अत्याचार र बेथितिबिरुद्ध निर्मम बन्नु पनि कृष्ण ९ ईश्वर ० उपासना हो । सबैलाई समभावले हेर्नु पनि कृष्ण उपासना हो ।
तसर्थ ईश्वर प्रदत्व यो मनूष्य जीवन श्रीकृष्णमय बनोस् । जीवन प्रेममय बनोस् ।अनि जीवनमा सधै मधुर बासुरी बजोस् ।