logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कृष्णनगर भन्सारबाट नियम विपरीत सवारी भित्रिँदै


    २६ भाद्र २०८० , मंगलबार

    कृष्णनगर भन्सारबाट नियम विपरीत सवारी भित्रिँदै

    शहबाज खान । लुम्बिनीखबर
    कृष्णनगर, २६ भदौ । कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयबाट अवैध तरिकाले यात्रुवाहक बस भित्रिने गरेका छन् । भन्सार कर्मचारीको मिलेमतोमा राति १० बजेपछि पनि सवारी साधन भित्रिने गरेको पाइएको छ । कृष्णनगर भन्सार कार्यालयमा भइरहेको अनियमितताको विषय लिएर विवादमा पर्दै आएको छ ।

    भदौ २४ गते राति भारतबाट आएको नेपाली बस यात्री वाहक ९५२० नम्बर लेखेको बस राति ११ बजे भन्सार कर्मचारीको मिलोमातोमा नेपाल भित्रिएको पाइएको छ । स्रोतका अनुसार बिना चेक गरि नेपाल भित्रिएको छ । भन्सार कार्यालयको नियमानुसार राति १० बजेसम्म मात्रै सवारी साधन आवतजावत गर्न पाइन्छ ।

    राति १० बजेपछि भारतबाट आएको सवारी साधन फर्कनु पर्ने फिर्ता वा भन्सार कार्यालयको प्राङ्गणमा पार्किंग गरि राख्नुपर्ने हुन्छ । भन्सार कार्यालयको समयमा खुलेपछि मात्रै जान पाउने नियम रहेको छ । तर अधिकांश नेपाल–भारत चल्ने यात्रुवाहक बसहरु नियम विपरीत भन्सार कार्यालयका कर्मचारीहरुको मिलेमतोमा राति १० बजेपछि आएका सवारी पनि नेपाल भित्रिने गरेको स्रोतले जनाएको छ ।

    भन्सार कार्यालय कृष्णनगरका प्रमुख गगन बहादुर विश्वकर्माका अनुसार बिहान ६ बजेबाट राति १० बजेसम्म भन्सार गेट खुल्ने समय रहेको छ । भन्सार प्रमुखले नियम विपरीत यात्रुवाहक बस पठाएको आफुलाई थाहा नभएको बताएका छन् । उनले नियम विपरीत बस भित्रिएको हो वा होइन भन्ने विषयमा बुझ्ने बताए । भन्सार कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा अनियमितता भइरहेको स्रोतको दावी छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.