क्यान्सर पिडितलाई उपचारका लागि रु.१ लाख ११ हजार १११ सहयोग
कमल रायमाझी
भैरहवा,३१ भदौ । हाल अमेरिकामा वसोवास गर्ने भैरहवाका श्रीस कुवँरले क्यान्सर पिडित एक लाई उपचारका लागि रु.१ लाख ११ हजार १११ सहयोग गरेका छन् ।
कुवँरले आफ्नो जन्मदिनको अवसरमा उक्त रकम शुद्धोधन गाउँपालिका रुपन्देहीकी क्यान्सर पिडित महिला सुर्यलक्ष्मी वि.क.लाई सहयोग गरेका हुन ।
क्यान्सर पिडित महिलाको परिवारले कुवँरको सहयोग भगवानले दिने वरदान भन्दा पनि अमूल्य भएको भन्दै उनलाई धन्यवाद दिएका छन् ।
लामो समय देखि क्यान्सरबाट पिडित वि.क.को नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार हुदै आएको छ । उपचारका लागि नेपाल नेपालीलाई सम्झेर कुवंरले गरेको सहयोग अमुल्य रहेको रुपन्देहीवासीले बताएका छन् ।
कुवंरले पनि आफ्नो सामाजिक सञ्चाल मार्फत मानवसेवा संसारको सवैभन्दा ठुलो धर्म हो भगवानका कृपाले मानव जीवन रक्षाका लागि सहयोगी बन्न सकौँ भन्दै सन्देश व्यक्त गरेका छन् ।
नेपालमा रहदा शैक्षिक तथा सामाजिक र राजनीतिक क्षेत्रमा सकृय कुवँरले अमेरिका पुगेपछि पनि सामाजिक क्षेत्रमा क्रियाशिल देखिन्छन् । अमेरिकामा बस्ने नेपाली माझ लोकप्रिय कुवरले नेपाली प्रति सम्झेर गरेका सहयोगहरु अमुल्य रहेको छ । उनको यो कार्यले निरन्तरता पाओस शुभकामना ।