असलम खान ।लुम्बिनीखबर
मर्चवार, ८ असोज । सम्मरीमाई गाउँपालिकामा वडा नम्बर ५ स्थित खखडौरमा दुई समुदाय बिच झडप भएको छ । आइतवार ७ वजे राति खखडउर गाउँका चमार र लोध समुदाय बिच झगडा भएको हो । उक्त झगडा लेनदेनको विषयमा भएको हो । ढुङ्गामुढा, लठ्ठी, राडको प्रहार गरी चमार र लोध समुदायले हानाहान गरी झगडा गरेका छन् । जसले गर्दा दुबै पक्षका ६ जना घाइते भएका छन भने साधारण चोटपटक पनि लागेको ईलाका प्रहरी कार्यालय विचौवापुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय विचौवापुरका अनुसार झगडा लेनदेनको विषयमा भएको हो । झगडामा दुबै पक्षका घाइते भएका छन् । घाइतेहरु भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा उपचाररत अवस्थामा रहेका छन् ।

दुबै पक्षबाट चमार पक्ष बढी घाइते भएका छन भने लोध पक्ष कम घाइते भएको ई.प्र.काले जनाएको छ ।
झगडीया लोध पक्षका १ जना पक्राउनमा परेको छ भने बाँकी फरार भएका छन् ।

ईलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि खोज गर्नु पर्ने भएपनि अहिले सम्म जाहेरी नआएको ई.प्र.कका इन्सपेक्टर दिपक खरेलले बताएका छन् ।