logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    स्पा व्यवसाय संरक्षणमा सरोकारवालाको भूमि जरुरी


    ११ असोज २०८० , बिहिबार

    स्पा व्यवसाय संरक्षणमा सरोकारवालाको भूमि जरुरी

    झब्बर यादव । लुम्बिनीखबर
    सिद्धार्थनगर, ११ असोज । परापूर्व कालमा मानिसहरु विरामि भएको वेलामा प्राकृतिक पद्धति द्वारा उपचार गर्ने विधि अहिले स्पाको नामले परिचित भएको देखिन्छ । त्यो अहिले पनि बच्चा जन्मनु देखि तातो तेल लगाएर मालिस गर्ने, बृद्ध बुद्धाहरुलाई मालिस गर्ने तथा कोही विरामी भए मसाज गर्न चलन नै अहिलेको स्पा थेरापी हो ।
    स्पा यस्तो थेरापी हो जसले मानिसको शरीर, मन, विचार र भाव हुदै आत्म सम्मलाई शुद्धपारी आनन्द दिन्छ । नेपाली समाजमा स्पाको परिभाषा परम्परागत उपचार पद्धतिलाई बुझाउँछ । यो पद्धति नेपाल र भारतमा पहिलै देखि चल्दै आएको मानिन्छ । यो बदलिदो सोच र सभ्यता संगै स्पा थेरापीले पनि आफ्नो विकासलाई आधुनिक तिर पु¥याएको छ । मानिसलाई तनाव, दुःख तथा शारिरीक अनिद्रा, हाड जोर्नी दुःखी असजिलो महसुस भएमा स्पा थेरापीले पूर्ण ताजगी दिने कार्य गर्दछ ।
    मानिसहरु काम व्यस्त जीवन शैली, तनाव, थकान र कामकाजी मानिसहरु शरीर र मस्तिष्कलाई स्वास्थ्य राख्न थेरापी गर्न आवश्यक रहेको स्पा थेरापिष्टहरुले बताउँछन् । स्पामा विभिन्न किसिमका थेरापी गरी शरीरमा भएका विकार तत्वहरु वाहिर निकाली स्वास्थ्य मन र तनाव मुक्त मानव जीवन वनाउने गरेको स्पा तथा मसाजका जानकारहरु बताउँछन् ।
    नेपालमा पछिल्लो समय धेरै स्थानहरुमा स्पाहरु खुलेका छन् । स्पाहरुमा भारतीय पर्यटक , तेस्रो मुलुकका पर्यटक तथा स्वदेशी नेपाली ग्राहकहरु समेत आउने गरेको देखिन्छ । स्पा थेरापीमा नसा च्यापीएको, ढाड दुखेको मानिसहरु मात्र नभएर खुट्टा देखि शरीर हुदै टाउँको सम्मको मसाज गर्न आउने गरेको पाइन्छ ।
    पर्यटकहरु नेपालमा आउनु भनेको भारतीय नै सबै भन्दा बढी रहेको र अन्य तेस्रो मुलुकका मानिसहरु आउनुको मुख्य कारण नै घुम्न र मनोरञ्जन गर्नु हो । आर्थिक मन्दीको समयमा वैदेशिक पर्यटकहरुको आगमन र स्पाहरुले महत्वपूर्ण आर्थिक क्रान्ति ल्याएको सरोकारवालाहरु बताउँछन् ।

    नेपालमा विदेशी मुद्रा आयात गर्नका लागि वा व्यापार घाटा न्यून गर्नका लागि पर्यटन व्यवसाय एकदमै उत्तम देखिन्छ । पर्यटक मार्फत विदेशी मुद्रा आर्जन गर्ने सजिलो उपाय रहेको अर्थविदहरु बताउँछन् ।
    रुपन्देही जिल्लाको भैरहवा क्षेत्रमा अहिले स्पा थेरापी तथा मसाज सेन्टरमा आउने भारतीय तथा अन्य तेस्रो मुलुकका पर्यटकहरुको संख्या दिनप्रति दिन बढ्दै गएको देखिन्छ । नेपालमा सबै भन्दा धेरै पर्यटक पैदल मार्गवाट आउँने बेलहिया नाका हो । लम्बिनी, पोखरा, काठमाडाँै र चितवन लगायतका स्थानमा जानका लागि सुनौली स्थल मार्ग मार्फत भैरहवा आउने पर्यटकहरुले स्पा तथा मसाजको सेवा लिने गरेको व्यवसायीहरु बताउँछन् ।
    भैरहवा क्षेत्रमा अहिले दर्जनौ स्पा तथा मसाज सेन्टरहरु खुलेका छन् । जसमा सयौ भन्दा बढीले रोजगार पाएको देखिन्छ ।
    स्पा थेरापीले भारत लगायत तेस्रो मुलुकका मानिसहरु संगै नेपालीहरुका लागि गन्तव्य बनेको छ । विशेष गरी गृहणी, ट्रेकिङ्गमा जानेहरु, वैङ्कका कर्मचारीहरु, संघसंस्थाका कर्मचारी, उद्योग व्यवसायीहरु, खेलाडी, प्रोफेसरहरु, पत्रकार तथा व्यस्त जीवन विताउनेहरु भैरहवाका स्पा सेन्टरहरुमा आउने गरेको स्पा संचालकहरुले बताउँछन । यसलाई संरक्षण गर्नमा सम्पूर्ण सरोकारवालले आ आफना ठाउँबाट पहल गर्न जरुरी रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.