logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भ्रष्ट, तस्कर दण्डित हुनुपर्छ


    ११ असोज २०८० , बिहिबार

    भ्रष्ट, तस्कर दण्डित हुनुपर्छ

    उदयराम पौडेल
    देशको प्रशासनिक र राजनीतिक बृत्तमा हलचल मच्चाउने दुईवटा काण्डहरुले केही समय मानिसको मस्तिष्कलाई चलाएमान गर्यो । नौ दिन नौलो विस दिन विस्र्यो, अहिले तोतेको तावा सेलाउदै गएको छ । किनभने कानूनी दाउपेचको अन्तरात्माको विश्लेषण गर्ने तर्फ पुगेको हुनेछ । सबैको ध्यानदृष्टि पूर्व स्मृति तिर फर्केको छ । जे हुने हो अब सम्मननीय अदालतबाटै निर्णय हुने छ । सरकारी जग्गाको हिनामिना र सुन काण्ड चिसिदै गएको छ । आर्थिक घोटाला भएको कोभिड १९ को समय खरिद भएका औषधी काण्ड र गिरीबन्धुटी टेस्टको नाममा रहेको विर्ता मोडमा रहेको ३४४ विगहा हदबन्दी फुकुवा काण्डको छानवीन गरी दोषीलाईकारवाही गर्न आवश्यक छ । त्यस्तै वडी जहाज खरिद काण्ड र पेसा सम्बन्धी ७० करोड काण्ड आदिले गर्दा देश अत्यन्तै कमजोर भएको छ । जस्तै गोकर्ण रिसोर्ट प्रकरण, १३औँ सर्कप्रकरण, पोषण खरिद काण्ड, प्रधानमन्त्रीको निवासका चियापानका भएको आर्थिक घोटाला लगायतका काण्डै काण्ड देशले भोगेको छ । दक्षिण एसियाली खेलकुदमा पनि भ्रष्टचारै भष्टाचारले देश र जनता थालापरेको छ । देशको आम्दनी जति नेता र उनकै चम्चाहरु पाल्न ठिक्क छ । विकास भनेको कागजमा सिमित भएको छ ।
    हालै घटित सुनकाण्डको अनुसन्धानले अन्तर्राष्ट्रिय तस्करहरुको जालो भत्काउन सरकार सफल भएको छ । त्यस्तै बालुवाटारको सरकारी जग्गा हिनामिना काण्डको अन्वेषणले केही उच्च ओहोदाका व्यक्ति सहित भ्रष्टहरुको मुटुहल्लिएको अनुभव हुदैछ । तर यति मात्रले देशमा सुधार हुने सम्भावना छैन्् । भ्रष्ट तस्कर, माफिया, कमिसन खोर, विचौलिया र नीतिगत भ्रष्ट र संस्थागत भ्रष्ट जतिलाई ठोस कानुन बनाएर अकुत सम्पत्ति जफत र जेलको सजाय गर्नु पर्दछ । यस्ता देश र जनघातीहरुलाई माननीय दृष्टिले हेर्नु हुदैन् । समाज र देशलाई चुस्ने खोइरे किरा हुन । कानून बनाएर फासि नै दिनुपर्दछ । प्रजातन्त्रात्मक गणतन्त्र छाडावाद होइन । राजनीतिक दलहरु नै छाडा भएका छन् । प्रजातन्त्रका आफनै गुण, धर्म र आदर्श छन् । राजनीतिक दलहरुमा नैतिक आचरण, सिद्धान्त र अनुशासनहिन भए । प्रजातन्त्र फस्टाउन सक्दैन् । नेपालमा प्रजातन्त्र फस्टाउन नसक्नुमा राजनीतिक दलहरु लै जिम्मेवारीहिन , भ्रष्ट तत्व संगको साठगाठ भएकै कारण कमजोर भएका छन् । जसले गर्दा आज देश भ्रष्ट, तस्कर र अपराधीमय हुनपुगेको छ । त्यसकै फलस्वारुप देशमा अराजकता फस्टाउदै गएको छ र दलहरु प्रतिको सम्मान घटदै छ । आज नेपालको अपनत्व , संस्कार, संस्कृति, मान, मर्यादा र आदर्श सबै समाप्त भएको छ । देशको राजनीति देश र जनताको पक्षमा भन्दा दलिय र व्यक्ति स्वार्थमा केन्द्रित हुन पुगेको छ । व्यवहारवादी हुन सकेन् । प्रमुखि हुदै नक्कल गर्न अग्रसर भएको छ । आफनो वास्तविकता, परिस्थिति, अवस्था, भूगोल र सम्वेदनशीलतालाई विर्सेको छ । एकातिर आधी र अर्को तिर झोलुङ्गो भने जस्तै जनताको मर्म बुझेरपनि बुझपचाएको छ । जसले गर्दा जनताको राजनीतिक दलहरु प्रति वितृष्णा फैलाउदै गएको छ । जहाँ राजनीति इमान्दार , नैतिकवान हुन्छ त्यहाँ कुटनितिक पनि फस्टाउँछ । जहाँ राजनीति चरित्रहिन बेमान हुन्छ त्यहाँ कुटनीति हुदैन् । भाँडभैलो हस्ताक्षेपकारी भूमिकाको चलखेल सुरु हुन्छ । अहिले देशको अवस्था र परिस्थिति नाजुक छ । बोल बोल मछली मुखभरी पानी भन्ने भन्न्े उक्ति चरितार्थ भएको छ । मूल नै धमिलो भयो, कसरी साङ्लो हुन्छ त्यस तर्फ सोच्ने कसले ? राजनीतिज्ञले नै गर्नुपर्ने हो तर ऊ आफै रोगी छ । वौद्धिक क्षेत्रपनि निराश छ । समाजमा चेतनाको कमि छ । त्यसै कारणले गर्दा दलहरुले राजनीतिको नाउँमा देश र जनता लुटतन्त्रको रुपमा विकसित भए । राजनीति गरेनन् ।
    नेपालको सन्दर्भमा वि.पी , गणेशमान र कृष्ण भट्टराईले मात्र निष्टाको राजनीति गरे । राजा महेन्द्रले पनि भाईभारदारलाई रोक्न सकेनन् । विकार र विकृत्तिको स्वरुप त्यहीवाट शुरु भएर राजनीतिक दलहरुले जलमल हालेर विकसित गराए । अब यसले सिमा नै नाघिसक्यो । जव सम्म यस प्रकारको विकृति नियन्त्रण हुदैन तव सम्म आर्थिक विकास र देशको विकास तथा समृद्धिको कल्पना सम् मगर्न सकिदैन् । चाहे जोसुकैको सरकार बनोस् । त्यसकारण यदि देश र जनताप्रति अलिकति पनि माया छ भनेसबै राजनीतिक दलहरु आपसमा मिलेर इमान्दारी पूर्वक भ्रष्ट, तस्कर, कमिसनखोर, विचौलिया र अपराधीतत्व रुपी किटाणुलाई निस्तेज पार्न युद्ध स्तरमा कारवाही गर्न अग्रसर हुनै पर्दछ । यो समयको माग हो एक तर्फ भने अर्को तर्फ जनतामा चेतनाको विकास हुदै आएको छ । दलहरु भने पुरानै ढर्रा बोकेर अहंकारको भूमरिमा घुम्दै छन् । यदि समयानुकुल राजनीतिक दलहरु इमान्दारी पूर्वक समयको परिवर्तन अनुकुल सुध्रिन सकेनन् भने धेरैको अस्तित्व समाप्त हुने निश्चित छ । बर्तमान परिस्थितिले समारात्मक सोच भन्दा नकारात्मक सोचलाई प्रश्रय दिएको महसुस हुन्छ । विश्वासको संकट झूठो दाउपेचले मेटाउन सक्दैन् ।
    माथि प्रकरण ४मा उल्लेखित विकृति हटाएर राजनीतिकबृत्तलाई स्वच्छ र इमान्दार बनाउने, ईच्छाशक्ति दलहरुमा हुन्छ भने असम्भव छैन् । जस्तै राजनीति दलहरुले आपसी समझदारीका स्वच्छ छवि भएका यूवा नेताहरुको एउटा समिति वनाउने र अध्यक्षता ती न ३ महिनामा पालैपालो गर्ने । जहाँ जहाँ ढिला सुस्ति र अनियमितता भएको छ , त्यसको लिखित रिपोर्ट अड्डा प्रमुखलाई दिने । यहि अड्डा प्रमुखबाट कारवाही नभएमा केन्द्र द्वारा अड्डा प्रमुखलाई नै कारवाही गर्ने पद्धतिको विकास गर्न सके राजनीतिक दलहरु प्रति जनविश्वास बढ्दछ । एक तर्फ अर्को तर्फ भ्रष्टाचार नियन्त्रण गर्न मदत पुग्छ । जनअसन्तुष्टिमा पनि कमि आउँछ । सेवा ग्राहीले छिटो छरितो तरिकाले सेवा प्रदान गर्न सुशासन कायम हुनुपर्यो । जबसम्म विधि विधान अनुरुप काम गर्ने पद्धतिको विकास र नीति नियममा सुधार हुदैन् तब सम्म देशमा शान्ति हुनैन् । लोभी, पापी, जालझेल, फट्ही,छल्याई, ठग र कृते काम गर्ने जति छन्, सबै राजनीतिक संरक्षणकै आडमा गरिरहेका छन् । त्यसकारण सर्बप्रथम राजनीति गर्ने दलहरु जब सम्म सुध्रिदैन्न । तब सम्म देश र जनताको विकास हुदैन् ।
    देशमा घटित काण्ड सबैको तदारुकताका साथ छानवीन गरेर दोषी जतिलाई दण्डित गर्न सरकारल आफनो आफनो कदमलाई दुर्तगतिले अगाडि बढाएको हेर्ने जनता उत्सुक भएर प्रतिक्षा गरिरहेका छन् । अति भएपछि खति निश्चित छ । जनता ज्यादै पिडित भएका छन् । एक तर्फ महगीले ढाड सेक्दैछ । अर्को तर्फ ढिला सुस्तिको मार खानुपरेको छ । धेरै चवाए पछि गुण पनि तितो हुन्छ भन्ने उक्ति छ । अति भएपछि धैर्य र संयमको बाध फुटेर सम्हाल्नै नसक्ने गरी मल छताछुल्ल हुन्छ । त्यसकारण भ्रष्ट, तस्कर माफिया र अपराधी तत्वलाई कारवाही गरेर जनभावनाको सम्मान गर्न सके , राजनीतिक दलहरुको भविष्य अन्धकार हुनेछ । किनभने राजनीतिक दलहरुबाट आफू ठगिएको जनताको चतनाले महसुस गरेको छ । जनआक्रोषलाई थाम्न सक्ने क्षमता अहिलेका राजनीतिक दलहरुमा छैन् । कुनै चतुर व्यक्ति विशेषले जनआक्रोष अरुको पक्षमा भडकाएर आफनो पक्षमा तान्न सक्ने परिस्थितिको सुजना हुदै गएको छ । वर्तमान राजनीतिक दलहरु आफै रोगी र दोषी छन् । सत्तामा पुगेर पनि देश र जनहित गर्ने कार्य भन्दा आफनै दलगत र व्यक्तिवादी स्वार्थमा रमाएका छन् । जनताबाट धेरै लिए तर दिन सकेनं । अझै पनि दलहरुले चेतेका छैनन् । अब जनता जाग्दै छन् उनैले चेताउँछन् । सबैमा सद्बुद्धि, सद्विवेक र सद्भाव उत्पन्न होस । हरिओम तत्सत ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.