logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भैरहवाको सिटी अस्पतालमा घुँडा प्रत्यारोपण शल्यक्रिया सुरु


    १६ असोज २०८० , मंगलबार

    भैरहवाको सिटी अस्पतालमा घुँडा प्रत्यारोपण शल्यक्रिया सुरु

    पहिलो दिन १४ जनाको सल्यक्रिया, दोस्रो दिन १८ जनाको गरिने
    झब्बर यादव । लुम्बिनीखबर
    सिद्धार्थनगर, १६ असोज । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको सिद्धार्थनगर सिटी अस्पतालमा निःशूल्क घुँडा प्रत्यारोपणका लागि आइतबार विरामीहरुलाई स्वागत गरी सोमबार शल्यक्रिया सेवा सुरु भएको छ ।
    सोमबार १५ गते सुरु भएको घुँडा प्रत्यारोपणमा १४ जनाको शल्यक्रियाा सफतापूर्वक भएको सिटी अस्पताल स्रोतले जनाएको छ ।


    थाईल्याण्डको श्रीराज अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुको टोली र सिद्धार्थनगर सिटी हस्पिटलका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुको टोली द्वारा २८ जुलाई २०२३ मा लुम्बिनीको शान्ति दिप नजिकै रहेको पिस हार्मोनी सेन्टरमा करिव ८ सय जना विरामीहरुको हेल्थ स्क्रिनीङ्ग चेकजाँच क्याम्प संचालन गरिएको थियो ।


    उक्त हेल्थ स्क्रिनीङ्ग क्याम्पबाट ३६ जना जटिल समस्या भएका विरामीहरु छनोट भएका थिए । जस मध्ये ३२ जना विरामीहरुलाई आइतबार सिद्धार्थनगर सिटी अस्पतालले स्वागत गरी सोमवार शल्यकिया सुरु गरेको अस्पताल स्रोतले जनाएको छ ।


    निःशूल्क घुँडा तथा हिप प्रत्यारोपण शल्यक्रियामा सोमवार ३२ जनाको चेकजाँच गरी १४ जनाको शल्यक्रिया गरेका र बाँकी १८ जना विरामीहरुको चेकजाँच गरि मंगलबार गर्ने अस्पताल स्रोतले जनाएको छ ।
    १४ जनालाई निःशूल्क रुपमा चाहिने औषधी तथा अन्य सामग्रीहरु वितरण गरी ४ देखि ५ घण्टा पछि हिलडुल गराउने कार्य समेत गरेको अस्पताल स्रोतले जनाएको छ ।


    विरामीहरुका अनुसार हामीसंग आर्थिक रुपले औषधी उपचार गर्न सक्ने क्षमता नभएको हुँदा हामी नाराश, कष्ट र पिडादायी रुपमा जीवन विताइरहेका थियौ तर श्रीराज अस्पताल र सिटी अस्पतालले गरेको निःशूल्क घुँडा प्रत्यारोपणबाट हामीले भोगिरहेका कष्टबाट हामी मुक्तभई नयाँ जीवन पाएको जःतै अनé’ति भएके बताएका थिए ।
    घुँडा तथा हिप प्रत्यारोपण सर्जरी सेवा प्रदान गर्नको लागि श्रीराज हस्पिटल थाईल्याणको हाडजोर्नी तथा नशा रोगका विभाग प्रमुख डा.किराती चेरेन्चोल्भन्चीको नेतृत्वमा १२ जना विशेषज्ञ डाक्टरहरु, फिजियोथेरापिष्ट र नर्सिङ्ग कर्मचारी करिव २५ जना मेडिकल टिम र सिद्धार्थनगर सिटी अस्पतालका हाडजोर्नी तथा नशा रोग विभाग प्रमुख डा.जावेद अहमद खाँन लगायतले खटेर विरामीहरुको सेवा गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.