पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, १७ असोज । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ वटा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका तर्फवाट प्रत्यक्ष निर्वाचित संविधान सभा सदस्य पूर्व स्थानिय विकास राज्यमन्त्री घनश्याम यादवलाई मातृशोक परेको छ ।
यादवको आमा स्वर्गीय जगरानी यादव १०९ वर्षको उमेरमा रोहिणी गाउँपालिका वडा नम्बर ५ को तरकुलहा स्थित आफ्नै निवासमा निधन भएको हो ।
स्वर्गीय जगरानी यादवको ३ छोरा र ३ छोरी रहेका छन् । स्वर्गीय यादव आफूसंग औपचारिक शिक्षा नरहेपनि आफना नाति नातिनाहरुलाई शिक्षाको कमि हुन दिनुभएन् । आफूसंग औपचारिक शिक्षा नभएपनि आफनो गाउँमा सामाजिक अभियान्ताको रुपमा परिचित थिइन् ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश रुपन्देही र नवलपरासी केन्द्र समेतका नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले गहिरो दुःख व्यक्त गरेका छन् । विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा संघसंस्था समेतले विज्ञप्ति निकालेर मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा संवेदना प्रकट गरेका छन् ।
स्वर्गीय जगरानी यादवको कोखबाट जन्मिएका तीन छोरा तीन छोरी मा जेठो छोरा राधेश्याम यादव, माइला घनश्याम यादव, कान्छो बलिराम यादव, त्यसै गरि छोरी तारामति यादव, किसुन कुमारी यादव र राजकुमारी यादव रहेका छन् । स्वर्गीय यादव स्पष्ट वक्ता एवं खर्रो स्वाभावकी थिइन् । अन्तिम श्रद्धाञ्जली सभामा सहभागीहरुले उनी समाज रुपान्तरणमा खेलेको भूमिकाको विषयमा चर्चा गर्दै भावुक बनेका थिए ।