logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अमेरिकाले सन् २०२५ का लागि डीभीको आवेदन खुला गरेको छ


    १७ असोज २०८० , बुधबार

    अमेरिकाले सन् २०२५ का लागि  डीभीको आवेदन खुला गरेको छ

    काठमान्डौं । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरि १७ गते असोज राति ९ः४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो। कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ।
    अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने उल्लेख गरेको छ। आफैंले आवेदन दिन सकिने भएकाले कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ।
    आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न र जसले सहयोग उपलब्ध गराए पनि आफ्नो आवेदनका लागि आवेदक स्वयं जिम्मेवार हुने जनाइएको छ।
    सन् २०२५ को डीभी कार्यक्रमका लागि डीभी प्रोग्राम डटस्टेट डटजीओभीमा गएर आवेदन भर्न सकिने जनाइएको छ। डीभी भर्दा पतिपत्नी र २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य भएको उल्लेख छ।
    त्यसैगरी, एक जनाका लागि एउटा आवेदन दिन पाइनेछ। डीभी भर्नका लागि हालसालै खिचिएको फोटो आवश्यक पर्नेछ। दूतावासले अघिल्ला वर्षमा डीभी भर्न वैध र म्याद बाँकी रहेको राहदानी आवश्यक भए पनि अहिले म्याद बाँकी भएको राहदानी हुनु अनिवार्य नभएको जनाएको छ ।
    अमेरिकाले डीभी कार्यक्रम मार्फत हरेक वर्ष हजारौं विदेशीलाई अमेरिकामा स्थायी बसोबासका लागि अनुमति दिंदै आएको छ। यो कार्यक्रम मार्फत हजारौंको संख्यामा नेपाली अमेरिका पुगेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.