logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मंसिरदेखि बैंक कर्जाको ब्याजदर ७ प्रतिशत


    ९ कार्तिक २०८० , बिहिबार

    मंसिरदेखि बैंक कर्जाको ब्याजदर ७ प्रतिशत

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। कात्तिकमा निक्षेपको ब्याजदर घटेकाले मंसिरमा कर्जाको ब्याजदर पनि घट्ने भएको छ। गत बैशाखमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको निर्देशनअनुसार प्रत्येक महिना निक्षेपको ब्याजदरमा भएको परिवर्तनअनुसार आधारमा दर पनि परिवर्तन हुनुपर्छ।
    कात्तिक महिनामा ब्याजदर घटेकाले मंसिरमा बैंकहरूको आधार दर पनि घट्ने र यसले कर्जाको ब्याजदर पनि घट्ने देखिएको छ। हाल बैंक तथा वित्तीय संस्थामा करिब ४ खर्ब ८८ अर्ब रुपैयाँ लगानीयोग्य रकम ९तरलता० रहेको छ।
    बैंक तथा वित्तीय संस्थाहरूको औषत कर्जा निक्षेप अनुपात ९सीडी० अनुपात ८१।७४ प्रतिशतमा झरेको छ। मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सीडी अनुपात ९० प्रतिशत कायम गर्न भनेको छ। यसको अर्थ बैंक तथा वित्तीय संस्थाहरूसँग ८।२६ प्रतिशत कर्जा प्रवाह गर्नसक्ने क्षमता भएपनि ब्याजदर नघटेकाले कर्जा लगानी भएको छैन। बैंकिङ प्रणालीमा अधिक तरलता भएकै कारण बैंकहरूको अन्तर बैंक ब्याजदर घटेर १।९९ प्रतिशतमा झरेको छ।
    जब कि राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ४।५ प्रतिशतभन्दा तल आएमा रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत गरेको छ। मौद्रिक नीतिले बैंकिङ प्रणालीमा अधिक तरलता भएमा तरलता प्रशोचन गर्न कोरिडोरको तल्लो सीमा निक्षेप संकलन दर ५।५ प्रतिशतबाट घटाएर ४।५ प्रतिशत कायम गरेको छ। यस्तै मौद्रिक नीति जारी हुँदा प्रणालीमा अधिक तरलता रहेकाले बैंकहरूले स्थायी तरलता सुविधा आवश्यक नपर्ने हुँदा कोरिडोरको माथिल्लो सीमा बैंकदरलाई ७।५ प्रतिशतमा यथावत राखेको छ।
    कात्तिक महिनाबाट भने कर्जा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन्। बैंकहरूले कर्जा र निक्षेपबीचको अन्तर ४ प्रतिशत कायम गर्नुपर्ने, एकै प्रकृतिको कर्जाको ब्याजदर अन्तर दुई प्रतिशतभन्दा बढी हुन नहुने र प्रिमियम अधिकत २ प्रतिशतभन्दा बढी लिन नपाउने लगायतका व्यबस्थाका कारण निक्षेपको ब्याजदर घट्नसाथ बैंकहरूको अष्ट अफ फण्ड र आधार दर पनि घट्ने देखिन्छ।

    ब्याजदर घटोस् भन्नकै लागि राष्ट्र बैंकले नीतिगत दर ०।५ प्रतिशतले घटाएर ६।५ प्रतिशत पुर्‍याएको छ। नीतिगत दरको प्रयोग गरेर राष्ट्र बैंकले आन्तरिक ऋणको ब्याजदर घटाएको छ। करिब १० प्रतिशतको हाराहारीमा पुगेको विकास ऋणपत्र तथा ट्रेजरी बिल्सको ब्याजदर घटेर ७ प्रतिशतको हाराहारीमा कायम भएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.