लुम्बिनी, कार्तिक २७ । लुम्बिनी विश्व शान्तिको कामनासहित शुक्रवार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “दीप प्रज्ज्वलन’’ कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनीमा प्रज्ज्वलन गरिएको दीप काठमाडौँ क्याई बौद्ध र स्वम्भु परिक्रमा गर्ने योजना रहेको छ । उक्त दीप कार्तिक १९ गते आइतबार साँझ सम्ममा काठमाडौं ल्याई परिक्रमा पश्चात सगरमाथा आधार शिष्टि नजिक स्थित काला पत्थर पु¥याइने छ । मन्त्रीपरिषद् बैठक बसेको स्थानमा नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीप उक्त स्थानमा प्रज्ज्वलन गरिनेछ । कार्तिक २५ गते शनिबारका दिन एक समारोहका बीच कालापत्थरामा समान्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान पुनः एकपटक नेपाल केन्द्रित हुने विश्वास छ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्र संघले आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट संघको क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएका बेला कालापत्थरमा सम्पन्न हुन गइरहेको कार्यक्रम फलदायीहुने छ । नेपालको हिमालमा बलवायु परिवर्तनबाट परेको नेपाली आरोहीहरूले असर बारे विश्वमा आफ्नो आवाज पु¥याउने प्रमुख भूमिका खेल्दै आउनु भएको छ ।

वि.स. २०६६ सालमा आयोजना गरिएको कोप–१५ मा सगरमाथा आरोहणले डेनमार्क पुगेर मार्चपास गर्नुभएको थियो । अन्तर्राष्ट्रिय अल्पाइन संगठनहरू UIAA, VAAA को साधारण सभामा संघले ध्यानाकर्षण गर्दै आइरहे ता पनि प्रभावकारी प्रतिशत उपलब्ध हुन सकेको छैन । विश्वमा शान्ति आवश्यक जलवायु परिवर्तनमा होस् कदम चालिनुपर्छ भन्ने संघको नीति अनुरूप दीप प्रज्ज्वलन र राष्ट्रिय झण्डा फहराउने कार्यक्रमबाट फलदायी नतिजा आउनेमा संघ विश्वस्त रहेको छ । शुक्रबार बुम्बिनीमा सम्पन्न दीप प्रज्ज्वलन कार्यक्रमको प्रमुख आतिथ्य लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले गर्नु भएको थियो । यसै गरी कार्यक्रममा धर्म केंद्र लामा मिठाहरूले शान्तिको कामना गर्दै स्वस्ति शान्त्रि वाचन गर्नुभएको थियो ।
शान्ति दीपको पूजा गरी प्रज्ज्वलन गरिएको उक्त द्वीप कोषका उपाध्यक्ष डा. लामाले कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही संघका महासचिव शिव बहादुर सापकोटालाई संयुक्त हस्तान्तरण गर्नु भयो । नेपाल पर्वतारोहण संघको वार्षिक उत्सवको अवसर पारी जलवायु परिवर्तनले नेपालको हिमालहरूमा पारेको असर बारे विश्वको ध्यान केन्द्रित गर्न मिति २०६६ पौष १९ गते नेपालको मन्त्रिपरिषद् बैठक बसेको कालापत्थरमा विशेष कार्यक्रम गरिने भएको छ ।
याे पनि पढ्नुहाेस् ।
लुम्बिनी दर्शन गर्न थाइल्याण्डको पहिलो चाटर जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा