logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नेपालमा बुद्ध सर्किटको विकास गरौँ


    २८ मंसिर २०८० , बिहिबार

    नेपालमा बुद्ध सर्किटको विकास गरौँ

    नेपाल महामानव गौतम बुद्धको जन्मस्थल भएको देश हो । यो संसारभरका बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र हो । लुम्बिनीलाई बुद्धजन्मस्थलको रुपमा यूनेस्कोले प्रमाणित गरेको छ । यो क्षेत्रलाई बौद्ध सांस्कृतिक तथा संस्कारको रुपमा विकास गर्ने उद्धेश्यका साथ अगाडि बढेको देखिन्छ । यहाँ अहिले संसारभरका धार्मिक पर्यटकहरु आउने गर्दछन् । तर बुद्धसंग जोडिएको उनको राजदरबार कपिलवस्तुको तिलौराकोट, मावली देवदह र बुद्धको अस्तुधातु राखेको नवलपरासीको रामग्राम क्षेत्रको विकासमा भने ढिलाई भएको छ । नेपालको पर्यटनक्षेत्रमा उभार ल्याउन सक्ने यस्ता सम्पदालाई विकास र विस्तार गर्न जरुरी देखिन्छ । नीतिगतरुपमा राज्यले पर्यटनक्षेत्रलाई फराकिलो रुपमा विकास गर्न खोजेपनि व्यवहारिक पक्ष कमजोर छ । राज्य समन्यत्रको कमजोर मानसिकताले गर्दा बुद्धस्थलहरुको विकास सुस्तगतीमा हुनेगरेको छ । अन्तराष्ट्रिय तथा राष्ट्रियस्तरमा जनदवाव परेपछि लुम्बिनीलाई सरकारले विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सफल भएपनि अन्य बुद्धस्थलहरुको विकासमा निदाएको देखिन्छ । नेपालको भ्रष्ट कर्मचारी र राजनीतिलाई नजिकबाट नियालेको भारतले आफ्नै देशमा नक्कली तिलौराकोट र रामग्रामको निर्माण गरिरहेको छ । त्यसैले नेपालले ढिला नगरी यहाँका बुद्धस्थलको विकास र विस्तार गति लिनुपर्ने देखिन्छ । अर्थतन्त्रमा ठूलो टेवा दिएको पर्यटन क्षेत्रलाई सफल पार्न पनि यहाँ बुद्धस्थलहरुलाई संरक्षण र संवर्धन गर्न जरुरी छ । यसैले लुम्बिनी बुद्धको राजदरबार कपिलवस्तुको तिलौराकोट र रामग्रामका साथै देवदहलाई पनि विकासको गतिमा अगाडि बढाउन राज्यल सुरु गर्नुपर्ने देखिन्छ । तिलौराकोट र रामग्रामलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न र यहाँको विकासमा राज्यले पछिल्लो समयमा गरेको पहल स्मरणयोग्य छ । यसलाई द्रुतगतीमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ । यसका लागि राज्यका सबै निकाय, लुम्बिनी विकास कोष र स्थानीय जनसमुदायहरु जाग्नु पर्दछ । संसारभरका मानिसको ध्यान केन्द्रित गरेको यो क्षेत्रलाई विशेष क्षेत्रको रुपमा राखेर राज्यले बजेट तथा व्यवस्थापनमा सहयोग गर्नुपर्दछ । स्थानीय तहलाई जागरुप गराउदै राज्यले अन्तराष्ट्रिय समुदाय संग यी बुद्धस्थललाई परिचित गराउन जरुरी छ । संसारभरका बौद्धधर्मालम्बीहरुको आस्थाको धरोहर यी क्षेलाई संरक्षण तथा विकास गर्नु नेपालको दायित्व हो । यहाँको बिकास हुन सके पर्यटन क्षेत्रलाई अगाडि बढाउन सकिन्छ । रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई पर्यटनको हवको रुपमा अगाडि बढाउन नेपालले नेतृत्व गर्न सक्नु पर्दछ । आफ्नो नेतृत्वमा भारत लगायत बुद्ध दर्शनलाई अवलम्बन गर्ने देशहरुलाई संगै हिडाउन जरुरी छ । यसका लागि राज्यको संयन्त्रले चासो राख्नु अहिलेको माग हो । यहाँको प्रदेश सरकार तथा स्थानीय तहले बुद्धस्थलहरुको विकासमा विशेष चासो राख्नुपर्ने देखिन्छ । धार्मिक र सांस्कृतिकरुप महत्वपूर्ण यी क्षेत्रलाई पर्यटनक्षेत्रका रुपमा रुपान्तरण गर्दै आर्थिक समृद्धिमा महत्वपूर्ण भुमिका रहने छ । यहाँका स्थानीयवासी, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिहरुले पनि पहल गर्न जरुरी छ । यी क्षेत्रलाई बुद्ध सर्किटको रुपमा बिकास गरि पर्यटकहरुको बसाइलाई पनि लम्बाउनु पर्दछ । संसारभर पर्यटन व्यवसायी भनेको देशको नगद आर्जन गर्ने महत्वपूर्ण पेशा तथा व्यवसायी भएकाले राज्यले यो पेशा तथा व्यवसायीलाई संरक्षण गरि नगद आर्जनमा भुमिका खेल्नु पर्दछ । बुद्ध सर्किटको मात्र विकास गर्न सके देशले आर्थिकरुपमा ठूलो सहयोग प्राप्त गर्न सक्दछ । यहाँको पर्यटन विकासले नेपालकै विकास हुने सम्भावना बढी छ । त्यसैले नेपालको पर्यटन विकासका लागि लुम्बिनी संग जोडिएका बुद्ध सम्पदाको विकास तथा विस्तारमा सहयोग पुराउनु पर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.