संजय कुशवाहा । लुम्बिनीखबर
नवलपरासी, २३ माघ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी परसौनी जनजागृति माध्यमिक विद्ययालयको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सर्वोच्च शिखर बाल क्लबको आयोजना तथा प्रतापपुर ६ वडा कार्यालयको सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।
बाल क्लबको अध्यक्ष कुमकुम हरिजनको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीको प्रमुख अतिथिता रहेको थियो ।
कार्यक्रम प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीको प्रमुख अतिथिता भएको थियो । कार्यक्रममा कार्यक्रमका प्रम्ुख अतिथि चौधरीले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमबाट बालबालिकामा एउटा राम्रो सिकाई हनुका साथै उनीहरु भित्र रहेको ज्ञानलाई प्रतिस्फुटन गर्न र अगाडि बढाउन समेत सहयोग पुग्ने बताउनुभयो । वर्तमान अवस्थामा हरेक क्षेत्रमा सेवा प्रवेश गर्नका निम्ति सामान्य ज्ञान जरुरी हुने बताउँदै बाल क्लबले यस किसिमको कार्यक्रम आयोजना गरेको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा किसिमका कार्यक्रमका लागि सहकार्य गर्न प्रतिवद्धता जनाउदै कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा ५ वटा विद्यालयका बालबालिकाहरूको सहभागीता रहेको थियो । जसमध्ये त्रिभुवन माध्यमिक विद्यालय प्रतापपुर ९ बेलाटारी प्रथम, डम्बर बहादुर आधारभुत विद्यालय प्रतापपुर ८ पिपरपातीले द्वीतिय , जन जागृती माध्यमिक विद्यालय प्रतापपुर ६ गुठी परसौनी तृतीय स्थान हासिल गरेको छ ।
प्रथम ,द्वीतयी र तृतीय स्थान हासिल हुनेलाई मेडल , प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा सर्वोच्च शिखर बाल क्लबका सदस्य बिनीत यादवको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने कार्यक्रममा प्रतापपुर ६ का वडाध्यक्ष केशव अधिकारी , जन जागृती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राम सरण पाण्डे , प्रतापपुर आयुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्रा , वडा सदस्य अवधेश यादव लगायतले मन्तब्य राखेका थिए । बाल क्लबका सचिव इन्दु कोईरीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
उक्त प्रतियोगीतामा जन जागृती माध्यमिक विद्यालय गुठी परसौनी , मदरसा मदिलतुल ओलुम हरपुर , त्रिभुवन माध्यमिक विद्यालय बेलाटारी , गणेश माध्यमिक विद्यालय बसहिया र डम्बर बहादुर आधारभुत विद्यालय पिपरपातीका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।