logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा लुटपाटक तथा चोरी गर्ने ४ जना व्यक्ति पक्राउ


    २ चैत्र २०८० , शुक्रबार

    रुपन्देहीमा लुटपाटक तथा चोरी गर्ने ४ जना व्यक्ति पक्राउ

    लुम्बिनीखबर
    भैरहवा, २ चैत । रुपन्देहीमा चोरी तथा लुटपाट गर्ने ४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.–७ मा बस्ने २५ वर्षिया मनिष हरिजन मोरसाइकल चालक, सोही स्थानका २४ वर्षिया देवान गरुङ्ग, सिद्धार्थनगर वडा नं.–१३ का २४ वर्षिया रोमन घर्ती र सियारी गाउँपालिका वडा नं.–३ का ३१ वर्षिया मोहम्मद रसिद मुसलमान संग्लन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।
    बुधबार पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न कम्पनीबाट ८ थान मोबाइल र लु ५६ प ७१७ नम्बरको मोटरसाइकल बरामद गरेको भट्टल बताउनु भयो । जिल्लामा विभिन्न स्थानहरुमा केही समय देखि मोटसाइकलमा व्यक्तिहरुले हिडिरहेका मानिसहरुको हातबाट मोबाइल लुटेर भाग्ने गरेको प्राप्त सूचना अनुसार कडा अनुसन्धान भएको र चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको डिएसपी भट्टले बताउनुभयो ।
    प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुले विभिन्न स्थानमा उभिएका मानिसहरु नजिकै गएर इर्मेजेन्सीकल छ १ कल गर्न दिनु भनि मोबाइल लिएर भाग्ने र भेटिएसम्म अर्को मोबाइल बोकेका सर्वसाधारणको समेत खोसेर फरार हुने अनुसन्धानबाट खुलेको छ । चोरी गरेको मोबाइल पसलहरुमा विक्रीवितरण गर्ने र मोबाइलबाट आएको पैसाले लागूऔषध खरिद गर्ने गरेको प्रहरीको भनाई छ ।
    पक्राउ परेका व्यक्तिहरुलाई चोरी तथा डाँका कसुर शीर्षकमा मुद्दा दर्ता भई बिहिबार रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्या जारी रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
    मुलुकी अपराध संहिता २०७४ अनुसार चोरी तथा लुटपाटको घटनामा संलग्न व्यक्तिलाई कसुरको अवस्था हेरी २ वर्ष देखि ७ वर्षसम्म कैद र २० हजार देखि ७० हजारसम्मको जरिवाना हुने व्यवस्था रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.