नेपाल विश्वको धेरै भ्रष्टाचार हुने मुलुकमा पर्ने गरेको छ । यहाँका राजनीतिक दल तथा कर्मचारीमा अध्याधिक मात्रामा भ्रष्टाचार हुने गरेको विभिन्न अनुसन्धान तथा सर्बेले देखाएको हो । भ्रष्टाचारले चरम बिन्दुमा पुगेको नेपालमा यसको नियन्त्रण तथा नियमन गर्ने निकायको स्थापना भएपनि सोचे अनुसार कामकार्वाही गर्न नसकेको देखिन्छ । यहाँ संस्थागत भ्रष्टाचार देखि नीतिगत भ्रष्टाचारले व्यापकता पाएको छ । देशको कुल बजेटको पचास प्रतिशत भन्दा बढि रकम कमिसनमा जाने गरेको छ । स्थानीय सरकार र प्रदेश सरकारको स्थापना संगै यहाँ भ्रष्टाचारले झन जरा गाडेको छ । यहाँको कर्मचारीतन्त्र कमिसन बिना काम नगर्ने अवस्थामा पुगिसकेको पाईन्छ । राजनीति दलका नेताहरुमा पनि काम गरिदिने बाहाना दलाली गर्ने गरेका छन् । उद्योगी, व्यापारी तथा नीजिक्षेत्रले पनि राजस्वमा ठगी र तस्करीलाई बढावा दिने गरेका छन् । देशलाई लुटतन्त्र गर्नेहरुले राज गरेको नेपालमा संस्थागत विकासले गतिलिन नसक्नुको मुख्य कारण हो । नेपालमा विभिन्न समयमा भएका आन्दोलन र जनयुद्धहरुले व्यवस्था परिवर्तन भएको छ । व्यवस्था परिवर्तन संगै कानुनमा पनि निर्माण हुने गरेका छन् । तर यहाँका जनताको अवस्थामा सहज परिवर्तन हुन नसक्नुपनि भ्रष्टाचारको मुख्य कारण हो । राज्यका सवै निकायमा संस्थागत भ्रष्टाचार हुन थालेपछि नेपाली जनतामा निराशा र नकारात्मक सोचको विकास हुन थालेको पाईन्छ । देशलाई लुट्न पल्केकाहरुले योजनबद्ध रुपमा लुट्ने प्रचलनलाई बढावा दिदै जादा आम नेपाली जनताले सधै दुःख पाउने गरेका छन् । व्यवस्था परिवर्तन् संगै जनताको अवस्था परिवर्तन हुनुपर्ने भएपनि नहुनु यहाँको राजनीति र कर्मचारीतन्त्रको भ्रष्टाचार गर्ने प्रवृत्ती हो । जसले गर्दा देशको ठुलो जनशक्ती विदेशिने गरेको छ । देशमा विकास र समृद्धि हुनबाट रोक्ने भ्रष्टाचारलाई अन्त्य गर्नका लागि सवैपक्षले पहल गर्न जरुरी छ । देशलाई विधि र नीतिमा चल्ने बातावरण निर्माण गर्न आमनेपालीले आन्दोलन गर्नुपर्ने अवस्था देखिएको छ । सवैक्षेत्रमा हुने भ्रष्टाचारको अध्ययन अनुसन्धान गरि देशको शासन व्यवस्था बिधि र नीतिमा सञ्चालिन हुने हो भने देशले सकारात्मक लय समात्न सक्ने देखिन्छ । यसका लागि जनस्तरबाट आवाज बुलन्द गर्ने र राजनीति तहबाट कार्यन्वयनको बातावरण निर्माण गर्नु अहिलेको माग हो । कर्मचारीतन्त्रमा देखिएको आर्थिक असुलीतन्त्रलाई रोक्नका लागि राज्य तहबाट पहल गर्न जरुरी छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न र घुस खानेहरुका लागि कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पती शुद्धिकरणको स्थापना भएपनि सन्तोषजनक काम गर्न सकेका छैनन् । यी निकाय पनि सत्ता र शक्तीको प्रभावमा परेको देखिन्छ । देशमा नातावाद र कृपाबादले जरा गाडेको छ । यहाँ कानुन र व्यवस्था भन्दा पनि भनसुनका आधारमा राज्यको समन्यत्र सञ्चालिन छन । यहाँका सरकारी निकायहरु चाप्लुसी र ज्यू हजुरीको भरमा चलेको देखिन्छ । यसलाई संस्थागतरुपमा सञ्चालन गर्न कठिन अवस्था श्रृजना भएको छ । देशमा केहि गरौँ भन्नेहरुलाई पनि आर्थिक भ्रष्टाचार गर्न सिकाउने समुह नेपालमा ठुलो छ । जसले गर्दा नेपालमा राम्रो कर्म गर्नहरुको सख्या भेटाउन मुस्किल परेको छ । अव नेपाली जनताले भ्रष्टाचारीलाई पहिचान गरि बहिस्कार गर्न जरुरी छ । भ्रष्टाचार देशको शत्रु भएकाले यसलाई निरुत्शाहित र निमुल गर्ने मार्ग नेपालले तय गर्नु पर्दछ । देशलाई पद्धती, विधि र नीतिमा सञ्चालन गर्दै विकास र समृद्धिको यात्रामा हामी हिड्नु पर्ने अवस्था छ । यसका वाधक बन्ने भ्रष्टाचार नेता तथा कर्मचारीलाई बहिस्कार गर्ने अभियानमा अब लाग्नु पर्ने छ । देशमा रहेको सम्पती शुद्धिकरण निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सकृय पार्नु पर्दछ । यी सरकारी निकायहरुले सकृयरुपमा काम गर्न सकेपनि देशमा भ्रष्टाचारलाई न्यूनिकरण गर्नु सकिन्छ । त्यस तर्फ राज्यले ध्यान दिुन पर्दछ ।