logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ड्रिम युनिक रुपन्देही सुपरलिगस् डिभिजन ‘ए’को पहिलो खेलमा सैनामैना विजयी


    १६ चैत्र २०८० , शुक्रबार

    ड्रिम युनिक रुपन्देही सुपरलिगस् डिभिजन ‘ए’को पहिलो खेलमा सैनामैना विजयी

    भैरहवा, चैत १६। भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबारदेखि डिभिजन ‘ए’ को खेल सुरु भएको छ । डिभिजन ‘ए’ को पहिलो खेलमा सैनामैमा क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै जित हात पारेको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ६२ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि मिर्नाल गुरुङले ३३, दिपेश रोक्काले १९, सुमित श्रेष्ठले अविजित १९, भुवन पाण्डेले १८ र सन्देश थापाले १० रन बनाए । बलिङमा सैनामैनाका गणेश गौतमले ५ तथा डिलसद अली र सुनिल पौडेलले समान २(२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको सैनामैनाले ४४ ओभर ४ बलमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बनायो र जित निकाल्यो । उसको जितमा निश्चल क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ६१ रन बनाए । यस्तै, सुजन क्षेत्रीले २८ र डिलसद अलीले १३ रन जोडे । बलिङमा वेष्टर्नका दिनेश अधिकारीले ३ तथा अभिषेक गौतम र सुमित श्रेष्ठले समान २(२ विकेट लिए । सैनामैनाका गणेश गौतम म्यान अफ द म्याच भई एक हजार दुईसय रुपैयाँ पाए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगितामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.