logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    कोटहीमाई गाउँपालिकाको १३ औँ अधिवेशन


    २२ चैत्र २०८० , बिहिबार

    कोटहीमाई गाउँपालिकाको १३ औँ अधिवेशन

    असलम खान । लुम्बिनीखबर

    मर्चवारी, २२ चैत । रुपन्देहीको कोटहीमाई गाउँपालिकाको १३ औ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । बुधबार देखि गाउँपालिकाको शभा हलमा सञ्चालन भएको आर्थिक वर्ष २०८० को हिउँदे गाउँ सभा सम्पन्न भएको हो । गाउँ सभामा पालिकाको अर्धवार्षिक प्रगति विवरण प्रस्तुत भएको गाउँपालिकाका सुचना शाखाले जानकारी दिएको छ । स्वास्थ, शिक्षा, कृषि, जलस्रोत र पुर्वाधार, सुशासन र गरिबी निवारण समृद्ध आधार” भन्ने नाराका साथ सञ्चालन भएको गाउँ सभामा विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिले हाल सम्म भए गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेका प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्टराईले बताउनुभयो । उहाँले गाउँ सभामा १ वटा नयाँ एन, १ नयाँ नमावली, २ निति २०८० कार्य विधि बनाई प्रस्तुत भएका समेत बताउनुभयो ।

    स्वास्थ, शिक्षा, कृषि, भौतिक पुर्वाधार सम्बन्धि पनि छलफल भएको छ । सभामा वडा तथा गाउँपालिकाबाट प्रवाहा हुने सम्पुर्ण सेवा सन्तोषजनक भए नभएको बारेमा पनि समिक्षा भएको उहाँले बताउनुभयो । सबै पालिका भित्रका सरकारी कार्यालयमा प्रतिफल आउने गरि कर्मचारीलाई काम गर्न समेत आग्रह गरीएको छ । गाउँपालिकासंग समन्वय गरि गैरसरकारी संस्थाको काम नजिकैबाट निहाल्न समेत सबै वडाका जनप्रतिनिधिलाई आग्रह गरीएको छ र गाउँपालिकामा विभिन्न क्षेत्रमा कार्य गर्दै आएका कर्मचारी,व्यपारी,शिक्षक, रुपन्देहीमा भएको स्थानीय तह कर्मचारी क्रिकेट टुर्नामेन्टमा कर्मचारीले टिमले प्रथम स्थान हासिल गरेकोमा कोटहीमाई गाउँपालिकाले प्रशंसा पत्र दिएर सम्मान गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकिसुन त्रिपाठीले बताएका छन् ।

    कोटहीमाई गाउँपालिका अध्यक्ष बालकिसुन त्रिपाठीको अध्यक्षतामा सञ्चालन भएको गाउँ सभामा प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका उपप्रमुख क्रिपाल धवल, प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्टराई, इलाका प्रहरी कार्यालय मझगाँवाका प्रहरी निरिक्षक हिमनाथ घिमिरे, सशस्त्र प्रहरी बल मझगाँवाका प्रमुख बिजय कुवर, एक देखि सात सम्माका वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदस्य र विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। भने कार्यक्रम संचालन गाउँपालिका का वास संयोजक अजय कुमार सिंहले गरेका थिए।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.