logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    राममणि बहुुमुखी क्याम्पसमा ३ दिने अनुसन्धनात्मक प्रशिक्षण


    २३ चैत्र २०८० , शुक्रबार

    राममणि बहुुमुखी क्याम्पसमा ३ दिने अनुसन्धनात्मक प्रशिक्षण

    मणिग्राम, २३ चैत । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा सञ्चालित ३ दिने अनुसन्धनात्मक प्रशिक्षण सम्पन्न भएको छ ।

    अनुसन्धान समितिका संयोजक डा. अशोक भण्डारीको अध्यक्षतामा भएको प्रशिक्षण समापन गर्दै सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले प्राज्ञिकता अभिवृद्धिका लागि प्रशिक्षण उपयोगी रहने बताउनुभयो ।

    प्रशिक्षण कार्यक्रममा क्याम्पसका प्राध्यापकहरूः डा. अशोक भण्डारीले अनुसन्धान प्रस्तावना, माया घिमिरेले अनुसन्धानको विषय तथा शीर्षक, कृष्णकुमार रेग्मीले पूर्वकार्य समीक्षा र नोवराज तिवारीले एस.पी.एस.एस. का उपयोग शैलीबारे प्रशिक्षण दिनुभएको थियो ।

    प्रशिक्षण समापनका अवसरमा माया घिमिरे, डा. अशोक भण्डारी र कृष्णकुमार रेग्मीले आफ्ना अनुसन्धान पत्रहरूको प्रस्तुति दिँदै लेखनशैलीका नमूना पेश गर्नुभएको थियो ।

    त्यसअघि गत चैत १८ गते क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले प्रशिक्षण उद्घाटन गर्दै प्राज्ञिक उन्नयनका लागि अनुसन्धान प्रशिक्षण आयोजना गरिएको बताउनुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.