logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    तिलोत्तमा क्रिकेट एकेडेमीलाई एशियन बुद्ध होटलद्वारा जर्सी हस्तान्तरण


    २४ चैत्र २०८० , शनिबार

    तिलोत्तमा क्रिकेट एकेडेमीलाई एशियन बुद्ध होटलद्वारा जर्सी हस्तान्तरण

    विशन गुरुङ। लुम्बिनीखबर
    भैरहवा, २४ चैत्र । रुपन्देहीको सिद्धर्थनगर नगरपालिका वडा नं ८ बसडिलवामा रहेको एशियन बुद्ध होटलले एक कार्यक्रमको आयोजना गरी तिल्लोत्तमा क्रीकेट एकेडेमीलाई जर्सी हस्तान्तरण गरेको छ ।
    कार्यक्रम एशियन बुद्ध होटलका जेनेरल म्यानेजर दिपक धमलाको अध्यक्षतामा सञ्चालन गरिएको थियो।
    एशियन बुद्ध होटलले विगत लामो समय देखि विभिन्न सामाजिक कार्यक्रमहरु सहयोग गर्दै आइरहेकोले होटलका जेनेरल म्यानेजर धमलाले बताउनुभयो।
    क्रिकेट खेलमा तिलोत्तमा एकेडमीलाई मात्र होइन भैरहवाका साथै रूपन्देही जिल्ला कै सम्पूर्ण खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रि जगतमा नेपालकै नाम उच्चस्तरमा राख्नुपर्ने बताउनुभयो।
    म्यानेजर धमलाका अनुसार – हाम्रो देशलाई चिनाउने खेलाडीहरु पनि एक महत्वपूर्ण अङ्ग हुन् । खेलाडीहरुलाई माया र हौसला बढाउनु पर्छ ।

    कार्यक्रमका तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष कृष्ण भुषालले तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित रहेको तिलोत्तमा क्रिकेट एकेडेमी गत ३ बर्ष देखि चलाउदै आएको बताउनुभयो । चालू वर्ष २०८० बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलहरुमा एशियन बुद्ध होटलले सहयोग गर्ने प्रतिवद्धता सम्मान गर्दै अध्यक्ष कृष्ण भुषालले होटललाई धन्यवाद दिनुभयो ।

    तिलोत्तमा क्रिकेट एकेडेमीले १ बर्षभरी सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगीताहरुमा एशियन बुद्ध होटलले सहयोग गर्ने प्रतिवद्धता जनाएको होटलका म्यानेजर केशव भट्टराइले जानकारी दिनुभयो ।

    कार्यक्रममा राष्ट्रिय खेलाडी लुम्बिनी प्रदेशका पूर्व कप्तान बिजय पाण्डेले आज नेपाललाई उच्चस्थानमा राख्न र विश्वसामु चिनाउन नेपालका खैलाडी नै हुन् । कुनै बेला काठको टुक्रालाई क्रिकेटको बेट बनाएर खेलेको सम्झना गर्दै अहिले स्थानिय स्तरमा पनि प्रगति भएको र प्रगातिकाे कारण सहयोगका हातहरु भएको जस्तै तिलोत्तमा क्रिकेट एकेडेमीलाई एशियन बुद्ध होटलले टि–सर्ट सहयोग गर्यो यस्तै सहयोगी हातहरु पाए आगामी दिनहरुमा खेलाडीहरु वृद्धि हुने भनी बिजय पाण्डेले होटललाई धन्यवाद दिनुभयो ।
    कर्यकममा लुम्बिनी प्रेस क्लबका महासचिव शंकर पाण्डे, राष्ट्रिय खेलाडी लुम्बिनी प्रदेशका पूर्व कप्तान कृष्ण कार्की र बिष्णु पाठक, बिष्णु कठारिया चौधरी, होटलका म्यानेजर जे.बि. सुबेदीको उपस्थितिमा कार्यक्रम भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.