पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, ७ वैशाख । रुपन्देही जिल्लाको पूर्व र दक्षिणी पर्ने रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको सिमाना पर्ने बुद्धसँग जोडिएको रोहिणी नदिबाट नामकरण भएको रोहिणी गाउँपालिकासँग रहेको रोहिणी खोलाको किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुने खोलाको किनारमा एक कार्यक्रमको आयोजना गरी आयोजकले जनाएको छ ।
रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रमा रोहिणी नदिको किनारमा तटबन्ध र निमार्ण हुने स्थललाई माटो पटान गरि कार्य अगाडि बढाउने निगमले जनाएको छ । रोहिणी ओमसतिया द्धय अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि विद्या प्रसाद यादव, मंजित कुमार यादवले संयुक्त रुपमा पूजा अचर्नाका कार्य शुभरम्भ गरिएका थिए ।
भैरहवा देखि उत्तरतर्फ भलवारीमा संचालित रहेको डिपो को भण्डारण क्षमता कम भएको तथा बस्ति नजिक रहेकोले निगमनले रोहिणी खोलाको किनारमा लगभग १३ विगाह जग्गा खरिद गरि नयाँ भण्डारणको लागि गृह निर्माण निगमले जानाएको छ ।
अहिले वर्तमान अवस्थामा इन्धनबाट चल्ने गाडीहरुको खपतको हिसाबले निर्माण हुने भण्डारण गृह लुम्बिनी प्रदेशको इन्धन खपतको हिसावले २० दिनसम्म धान्न सक्ने परियोजनाका पदाधिकारीले बताएका थिए ।
पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माणको प्रक्रिया अगाडि बढेको सूचना शाखाले जनाएको छ ।
ओमसतिया र अध्यक्ष मंजित कुमार यादव स्थानीयबासीहरुको चासो समाधान गर्नुपर्नेमा जोड दिएका थिए । यहाँका स्थानीय जनतालाई रोजगार तथा क्षेत्रका विकास परियोजनाले ध्यान दिन आग्रह गरेका थिए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले परियोजना निर्माणमा स्थानीय सरकारको पूर्ण सहयोग हुने परियोजनाले स्थानीय जनताका लागि रोजगारी सृजन गर्नमा भूमिका रहने विश्वास व्यक्त यादवले गरेका थिए ।
लगभग ३ अर्व लागातमा पेट्रोलियम पद्धार्थ भण्डारण गर्नको लागि भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदिप यादवले जानकारी दिएका थिए ।
डिजेल भण्डारणका लागि दुई हजार एक सय किलोमिटर क्षमताका तीन पेट्रोल भण्डारणका लागि एक हजार ६ सय किलो मिटर क्षमताका दुई मट्टितेल भण्डारणका लागि ७ किलोमिटर क्षमताका तीन वटा ट्याङ्की निर्माण हुने प्रविधिले जनाएकाछन् ।
भण्डारण निर्माण पश्चात व्यसवारीको डिपो नवनिर्मित भण्डारण गृहमा सर्ने र नदिको बहाव र कटानको लागि नियन्त्रण गर्नका लागि दुई मिटर अग्लो बाँध निर्माण निर्माण गर्ने भण्डारण गृह निर्माण हुने स्थानमा माटो पटान गरिने परियोजनाका संयोजक यादवले जानकारी दिएका थिए ।
आउने आगमी मसान्तसम्म तटबन्ध र माटो पुर्ने काम सम्मपनन्न गरिने असोजभित्र परियोजनाको डिजाइन सम्मपन्न गर्ने र परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गर्ने आगामी मंसिरमा भण्डारण गृह परियोजनाको निर्माण कार्य शुभरम्भ गर्नका लागिक शिलायन्स गर्ने वि.सं. २०८३ भित्र कार्य निर्माण कार्य सम्मपन्न गर्ने लक्ष्य रहेको परियोजन संयोजक यादवको भनाई रहेको थियो । विश्वविद्यालयको प्राध्यापक विवेक बराल विश्वविद्यालय र निगमबीच लामो समयदेखि सहकार्य रहदै आएको उल्लेख गर्दै मूलकका उर्जा सुरक्षाका लागि भण्डारण गृह निर्माण महत्वपूर्ण हुने प्रध्यापकले विश्वास व्यक्त गरेका थिए ।