भुमही, वैशाख १६ । पश्चिम नवलपरासीको सुनवल १२, भुमहीमा ट्रक र स्कुटर एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पुर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको यु.पी ५५ बि टी २५४६ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई विहान १०ः३० बजेको समयमा ठक्कर दिएको हो ।
स्कुटरमा पछाडि सवार गुल्मी जिल्ला घर भई हाल सुनवल १३ सुन्दर बस्ती कोठा भाडामा बस्ने वर्ष अन्दाजी ३७ को कमला घर्ती मगरको टाउको र छातिमा चोट पछि पृथ्वी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटर चालक सुनवल १३ सुन्दर बस्ती बस्ने वर्ष ५५ को कर्ण बहादुर गुरुङको दायाँ खुट्टा र दायाँ हातमा चोट लागेको अवस्था सामान्य रहेको र सामुदायिक अस्पताल भुमहीमा भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
ट्रक चालक भारतको आजिङगढ बस्ने वर्ष अन्दाजी ३१ को श्रवण यादव, ट्रक र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको सूचना अधिकारी बोहराले बताउनुभयो ।