logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    कानून दिवसको चियापान कार्यक्रममा राष्ट्रपति पौडेल


    २६ बैशाख २०८१ , बुधबार

    कानून दिवसको चियापान कार्यक्रममा राष्ट्रपति पौडेल

    काठमाडौँ, २६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुनुभयो । कार्यक्रममा प्रथम महिला सबिता पौडेल पनि उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रपति पौडेललाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुष्पगुच्छा दिएर स्वागत गर्नुभयो ।

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.