logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    राम नरेशमा सिभिल इन्जिनीयरिङ्ग कक्षा सञ्चालन


    ३ जेष्ठ २०८१ , बिहिबार

    राम नरेशमा सिभिल इन्जिनीयरिङ्ग कक्षा सञ्चालन

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, ३ जेठ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. –३ धकधईको श्री रामनेशमा सिभिल इन्जिनीयरिङ्ग भर्ना तथा कक्षा सञ्चालन भइरहेको विद्यालय प्रशासनले जनाएको छ । बदलिदो युगको सुहाउदो वर्तमान समय अनुसारको हिसाबले प्राविधिक शिक्षाको माग भएकै कारण अभिभावक एवम् विद्यार्थीको मागलाई मध्येनजर गर्दै सिभिल इन्जिनीयरिङ्गको पठन पाठनको कार्य अघि बढेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमरनाथ त्रिपाठीले बताएका छन् । आजको आवश्कता प्राविधिक शिक्षा डिजिटल नेपालमा प्राविधिक शिक्षा बिनाको रोजगारीको कमसभ्भावना रहेको हुँदा यस ग्रामिण क्षेत्रका बालबालिकाको पठन पाठनलाई प्राविधिक शिक्षामा अग्रसर भएर अघि बढ्नु पर्नेछ, अध्यक्ष त्रिपाठीको भनाई रहेको थियो ।


    कोही विद्यार्थी भाइबहिनीहरु सिभिल इन्जिनीयरिङ्ग प्राविधिक शिक्षा आर्जन गर्न चाहानेहरुलाई नाम दर्ता तथा शूल्क समेतमा ग्राहयता दिइने अध्यक्ष त्रिपाठीले बताएका थिए । यस क्षेत्रको जेठो विद्यालय र सुविधा सम्पन्नको रुपमा परिचित रहेको विद्यालय रामनरेशले सिभिल इन्जिनीयरिङ्ग कक्षा सञ्चालन गरेको त्रिपाठीले बताए । विद्यालयका प्राचार्य अब्दुल हलिम खान यस विद्यालयमा वाणिज्य संकाय र शिक्षा संकाय सिभिल इन्जिनीयरिङ्ग (प्राविधिक धार) लगायत पठन पाठन हुने खानले बताएका थिए । वाणिज्य संकाय र शिक्षा साउनबाट भर्ना र कक्षा सञ्चालन हुने भने (प्राविधिक धार) सिभिल इन्जिनीयरिङ्गको भर्ना र कक्षा शुभराम्भ कार्य अघि बढेको प्राचार्य खानको भनाई रहेको थियो । सामुदायिक विद्यालयमा पठन पाठनमा कुनै कसर नरहेको नतिजा सन्तोषजनक दिदै आएको र हाल यस ग्रामिन क्षेत्रमा प्राविधिक युग अनुसार प्राविधिक धारका शिक्षा सिभिल इन्जिनीयरिङ्ग नयाँ पुस्ता अघि बढनु भन्ने उद्देश्यले सञ्चालनमा ल्याइएको खानको भनाइ रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.