असलम खान । लुम्बिनीखबर
मर्चवार, ९ जेठ । रुपन्देहीको मर्चवारी गाँउपालिका स्तरीय आधारभुत तह ९ कक्षा ८० उतिर्ण परिक्षा २०८० मा संचालित वार्षिक परिक्षामा सर्वोत्कृष्ट जिपिए ल्याई उतिर्ण गर्ने सामुदायिक तथा नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई तथा सर्वोत्कृष्ट नतिजा दिने सामुदायिक विद्यालयलाई श्री जनता मा.वि.ओडवलियामा एक कार्यक्रमका बीच शैक्षिक सामग्री सहित प्रशंसा पत्रबाट सम्मानित गरी विद्यार्थी तथा शिक्षकहरूको जोश,जागर, मनोबल,हौसला एवं पढाईमा स्वस्थ्य प्रतिस्पर्धा गरी शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्नै उदेश्यले सम्मान कार्यक्रम राखिएको हो । सम्मानित हुनेमा सामुदायिक विद्यालय तर्फ ३.७९ जिपिए ल्याई प्रथम स्थान श्री बगौली मा.वि. का कृष्ण बरई,सोहि विद्यालयकी ज्योति कुमारी यादवले ३.६१जिपिय ल्याई दोश्रो स्थान र श्री ठर्की मा।वि।की निशा कुर्मीले ३.५९ जिपिए ल्याई तेश्रो स्थान, त्यसैगरी नीजि विद्यालय तर्फ श्री पब्लिक मिसन ई।बोर्डिङ स्कूल अमवामा अध्ययनरत अम्रेश यादवले ३.८८ जिपिए ल्याई प्रथम स्थान,श्री सिलौटिया बागेश्वरी बोर्डिङ स्कूलमा अध्ययनरत गरिमा त्रिपाठिले ३.८४ जिपिए ल्याई दोश्रो तथा सोही विद्यालयका समान ३.८३ जिपिए ल्याई रामशरण गुप्ता र सुर्य नारायण यादवले तेश्रो स्थान ल्याएका विद्यार्थीहरुलाई र सामुदायिक विद्यालय तर्फ श्री ठर्की मा.वि.ले सर्वोत्कृष्ट नतिजा ल्याउनमा सफल हुनु भएकाले सामूहिक रुपमा सम्मानित भएका छन् ।
उक्त कार्यक्रम वार्ड नं.५ का वाडाध्यक्ष कृष्ण कुमार सिंहको अध्यक्षता, मर्चवारी गाँउपालिका अध्यक्ष गया प्रसाद बरईको प्रमुख आतिथ्य, वार्ड नं ७ का वार्ड
अध्यक्ष गणेश चौधरी र शिक्षा शाखा प्रमुख फेकन शाहको विशिष्ट आतिथ्यता, शिक्षा शाखामा कार्यरत हरिश्चन्द्र बरईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो सम्मान कार्यक्रममा श्री जनता मा।वि। संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष लगायत विभिन्न विद्यालयका प्र।अ।रप्रतिनिधि हरुको सहभागिता तथा विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।