logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ग्रिन सिटीको अध्यक्षमा कमल रायमाझी


    ११ जेष्ठ २०८१ , शुक्रबार

    ग्रिन सिटीको अध्यक्षमा कमल रायमाझी

    भैरहवा, ११ जेठ । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको छैठौं साधारणसभा तथा निर्वाचन कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । उक्त साधारणसभाले क्लबको वर्ष २०२४/०२५ को अध्यक्षमा कमल रायमाझीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सञ्चार क्षेत्रमा क्रियाशील रायमाझी लुम्बिनी प्रेस क्लब रुपन्देहीका उपाध्यक्ष, लम्बिनीखबर पत्रिकाका सम्पादक, समता टेलिभिजनका निर्देशक र राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधि समेत हुन् । उनी लायन्स भैरहवा ग्रीन सिटीको संस्थापक सदस्य समेत हुन् ।

    निर्वाचन अधिकृत श्री रायमाझीका अनुसार क्लबको प्रथम उपाध्यक्षमा संगिता जि.सी., द्वितीय उपाध्यक्षमा भानु पौडेल, तृतीय उपाध्यक्षमा संजय कुमार गुप्ता र सचिवमा हेमन्तराज जोशी चयन भएका छन् । त्यस्तै काेषाध्यक्षमा अमृता गुरुङ, सह–कोषाध्यक्षमा जे.पी. राय र सह–सचिवमा खेमराज पौडेल चयन भएको क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए । क्लबको संस्थापक अध्यक्ष शिवनाथ गुप्ता हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.