logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ओमसतिया वडा नं.६ मा ड्राइभिङ् तालिम


    २० जेष्ठ २०८१ , आइतबार

    ओमसतिया वडा नं.६ मा ड्राइभिङ् तालिम

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २० जेठ । ओमसतिया गाउँपालिका वडा नं.६ छोटकी रामनगरले लक्षित समुदायका लागि ड्राइभिङ् तालिम सञ्चालनमा ल्याएको आयोजक स्रोतले जनाएको छ । ग्रीन फाउन्डेन अफ नेपालको सहकार्य र वडा नं. ६ को आयोजनामा ड्राइभिङ् तालिम कार्य सुरु भएको छ ।

    कार्यक्रमका अध्यक्ष शिव कुमार धवलले ड्राइभिङ् तालिम कार्यक्रम उद्घाटन गर्दैै लक्षित समुदायलाई प्रशिक्षण गरी जिवीकोपार्जनमा सहयोग हुने बताए । यही हाम्रा गाउँपालिका नजिक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको हुँदा ड्राइभिङ् तालिम लिएपछि विमास्थलबाट यात्रुहरुलाई गाडीवाट ओसारपोसार गरी आम्दनीका स्रोत हुने धवलका भनाई रहेको थियो । आफूहरु तत्काल गाडी किन्न नसकेपनि आफनो हातमा सीप भएपछि अरुको गाडी चलाएर पनि आर्थिक पक्ष सुधार हुन सक्ने वडा अध्यक्ष धवलको भनाई रहेको थियो भने कार्यक्रममा सदस्य पार्वती चौधरी, राजु कहाँर, प्रशिक्षक महेश हरिजनले समेत आआफनो भनाई राखेका थिए । रामजानकी रङशाला व्यवस्थापन समितिका सचिव दिपेन्द्र यादवले रङशालाको खेलमैदान ड्राइभिङ् गर्नाका लागि उपलब्ध गराएको जानकारी दिएका थिए । यो ड्राइभिङ् तालिममा २० जनाको सहभागीता रहेको र कार्यक्रम १५ दिनसम्म सञ्चालन हुने प्रशिक्षक महेश हरिजनले बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.