पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, २३ जेठ । रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नं.–४ नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष अखिलेश्वर पाण्डेलाई मातृशोक परेको छ । पाण्डेको आमा स्वर्गीय मनोरमादेवी पाण्डे ७२ वर्षको उमेरमा ओमसतिया गाउँपालिका वडा नं.–४ श्रीरामपुर दरखस्वा स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीये पाण्डेको एक छोरा एक छोरी रहेका छन् । आफू साक्षर पनि थिइन र नातिलाई माया, स्नेह, शिक्षामा कमी हुन दिनु भएन । आफू साक्षर भएर आफ्नो गाउँमा समाजसेवीको रुपमा परिचित थिइन विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा संघसंस्था समेतले विज्ञप्ती निकालेर मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
स्वर्गीय मनोरमा देवी पाण्डेको कोखबाट जन्मिएका एक छोरा एक छोरी जेठो छोरा अखिलेश्वर कुमार पाण्डे छोरीसँगम पाण्डे रहेका छन् । स्वर्गीय पाण्डे दयालु स्वभावकी थिइन् । अन्तिम श्रद्धाञ्जलीमा सहभागीहरूले उहाँको विषमा चर्चा गर्दै भावुक बनेका थिए ।