logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    ठेक्का प्रक्रिया नियम संगत छः रण अम्बिका अस्पताल


    २४ जेष्ठ २०८१ , बिहिबार

    ठेक्का प्रक्रिया नियम संगत छः रण अम्बिका अस्पताल

    लुम्बिनीखबर
    भैरहवा, २४ जेठ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर अर्थात श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगरले अस्पतालको विषयमा विभिन्न किसिमका भ्रमक समाचार सम्प्रेषण भएपछि बुद्धवार पत्रकार सम्मेलन गरेको छ ।
    अस्पतालले लुम्बिनी आँखा अस्पताल शल्यक्रिया कक्षको भवन निर्माणका लागि चैत्र १६ गते नागरिक दैनिक पत्रिकामा बोलपत्र सम्बन्धि सुचना प्रकाशन गरेको थियो ।
    उक्त प्रकाशित सूचना अनुसार अस्पतालको विधि, विधान तथा प्रचलित नियम, कानुन बमोजिम कर्मा कन्स्ट्रक्सन प्रा।लि, काठमाण्डौं लाई परामर्श दाताको रुपमा राखि स्वीकृत बोलपत्र किताब निर्माण गरिएको थियो । सो किताबको अधिनमा रहेर टेन्डर प्रकृया अगाडि बढाइएको अस्पतालको प्रशासन शाखाले जनाएको छ ।
    अस्पतालका प्रशासन शाखाका अनुसार बोेलपत्रका लागि १७ ओटा निर्माण कम्प्पनी दर्ता भएको र सबै बोलपत्रदातालाई उक्त किताब दिएको थियौ । किताब अनुसार आफूहरु प्राविधिक, आर्थिक र अन्य विभिन्न मापदण्ड अनुसार मूल्याङ्कन गरी मात्र अरु काम अगाडि बढाउने कुरा अस्पतालले जनाएको छ ।
    पहिलो चरण प्राविधिक मूल्याङ्कन रहेको थियो जसमा १७ ओटा बोलपत्रदाताको प्राविधिक मूल्याङ्कन गरी ३ ओटा बोलपत्रहरुको प्राविधिक प्रस्ताव स्वीकृत गर्ने आशय आएको थियो । जेठ ४ गते लुम्बिनी दैनिकमा सात दिनको म्याद राखि सुचना प्रकाशित गरेको जसमा २ ओटा बोलपत्रदाताहरुको गुनासो प्राप्त भएको र असफल हुनुको कारण खुलाई तत्कालै पत्राचार गरिएको र थप जानकारीका लागि अस्पतालमा बुझनका लागि अग्रह समेत गरेको अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले जनाउनुभयो ।
    उक्त समयावधीमा कुनै किसिमको गुनासो बोलपत्रदाताहरुको नआएपछि नियमानुसार जेठको ११ गते प्राविधिक प्रस्तावमा स्वीकृत ३ बोलापत्रदाताहरुको आर्थिक प्रस्ताव खोलिएको अस्पतालले जनाएको छ ।
    ३ ओटा बोलपत्रदाताको आर्थिक प्रस्तावलाई तुलनात्मक रुपमा सबै भन्दा घटी कबोल गरेको बोलपत्रलाई स्वीकृत गरिएको अस्पतालका व्यवस्थापक रायमाझीले जनाएको छ ।
    अस्पतालका व्यवस्थापक रायमाझीका अनुसार ३ ओटा बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव बाहेक अन्य बोलपत्रको शिलबन्दी नखोलिएको शिलबन्दी जस्ताको त्यस्तै सुरक्षित रुपमा राखिएको अस्पतालको हो ।
    प्राविधिक रुपमै प्रस्ताव स्वीकृत गर्न योग्य नठानिए पछि कतिको टेण्डर परेको छ भनेर आर्थिक पाटो नै नहेरिएको र योग्यमध्येबाट नव सिर्जनशीललाई छनोट गरिएको दावी अस्पतालको छ ।
    ‘केही कम्पनीको अनुभव कागजात थिएन, कतिको बैंक भौचर र कतिको कम्पनी अद्यावधिक समेत थिएन, त्यसैले १४ वटा निर्माण कम्पनीका प्रस्ताव अस्वीकृत भएका भएको अस्पतालका व्यवस्थापक रायमाझीले बताउनुभयो । कागजात नपुगेका कम्पनीको आर्थिक प्रस्ताव नखोलिएकाले कसले कति रकमको प्रस्तावसहित ठेक्का हालेका थिए भन्नेबारे जानकारी नभएको दावी गर्नुभयो ।
    अस्पतालका व्यवस्थापक रायमाझीका अनुसार यो अस्पताल गैरसरकारी संस्था भएको र नेत्र ज्योति संघको विधि, विधान अनुसार चल्ने भएकाले सोही अनुसार गरिएको छ ।
    अहिले बाहिर आएका हल्लाहरु अरु केही नभएर संस्थालाई दुःख र हैरानी दिने मनसायले मात्रै आएका हुन्, यसमा संस्था गम्भीर रहेको अस्पतालका व्यवस्थापक रायमाझी बताउनुभयो । यस्ता भ्रामक अभिव्यक्तिको खण्डन गछौं ।
    उक्त सम्मेलनमा परामर्श दाता कर्मा कन्सल्टेन्ट, काठमाडौंका ई।दीनेश बश्यालले ठेक्का प्रक्रिया नियमसंगत नै रहेको दावी गर्नुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.