ज्ञानेश्वर सहानी।लुम्बिनीखबर
नवलपरासी, १३ असार । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङ, जोमसोमको संयुक्त आयोजनामा लागू औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस आज एक कार्यक्रमका विच सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी जनक राज पन्थको अध्यक्षतामा मुस्ताङको घरपझोङ गाउँपालिकाको कार्यालय अगाडी लागु औषध दुरुपयोग तथा अवैध ओसार(पसार विरुद्ध विभिन्न जनचेतना मूलक कार्यक्रम गरि दिवस मनाईएको हो ।
गाउँपालिकाबाट प्रभात फेरी ऱ्याली सहित प्लेकार्ड र सचेतनामुलक जिङ्गल बजाउँदै बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयको सभाहलमा जिल्ला स्थित रहेको विभि न्न सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख तथा पदाधिकारी र स्थानिय बासिन्दाहरु सहित १०० जनाको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाईएको छ ।
सो अवसरमा घरापझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारी र जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर तेजेश नेपाल लगाएतले आ(आफ्नो मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन तथा लागू औंषध विरुद्धको उपादेयता बारे जिल्ला प्रहरी
कार्यालयकाका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले प्रष्ट पार्नुभएको थियोे ।