समयमा मलखाद उपलब्ध नहुँदा कृषकले सुनाए पीडा उत्पादनमा कमी
पशुपति यादव । लुम्बिनीखबर
रोहिणी १६ असार । रोहिणी गाउँपालिका कृषि ज्ञान केन्द्र भैरहवा रुपन्देही को सयुक्त एव सहकार्यमा पालिका को आयोजनामा धान दिवस तथारोपाइ महोत्सव मनाइएको रोहिणी गाउँपालिकाका कृषि शाखाले जनाएको छ। जलवायु मैत्री कृषि धान उत्पादन वृद्धि भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव पालिकाको वडा नम्बर ३ लक्ष्मी नगर गाउँमा। आदित्य कृषि सहकारी लिमिटेडका सदस्य विनोद कुमार यादवको खेतमा धान रोप्ने मेसिनद्वारा रोपाई गरी महोत्सव कार्यक्रम सम्पन्न भएको सदस्य यादवले बताएका थिए । धान दिवस तथा रोपाई महोत्सव कार्यक्रमका प्रमुख अतिथि कृषि ज्ञान केन्द्र। रूपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले २०६१ सालदेखि नेपाल सरकारले राष्ट्रिय धान दिवस रोपाई महोत्सव कार्यक्रम सुरु गरेको प्रमुख अतिथि अर्यालले जानकारी दिएका थिए ।

कार्यक्रमको उद्देश्य जनचेतना जगाउने धान उत्पादनमा वृद्धि गर्ने जलवायु परिवर्तन भएकै कारण धान उत्पादनमा चुनौती रहेको अर्यालको भनाइ रहेको थियो। उत्पादन लागत कम गर्नको लागि प्राविधि अपनाउनु कृषकलाई सचेत गराएका थिए ।
प्राविधि नाआपनाउँदा उत्पादन बढाउन सकिन्न प्रमुख अतिथि अर्यालले बताएका थिए। प्रमुख खाद्यान बाली धान हाम्रो प्रमुख हो। रोपाई हाम्रो संस्कृति पनि हो। सामाजिक धार्मिक महत्व पनि राख्दछ जलवायु अनुकुलित प्रविधिहरूको अनुसन्धन र विकासअवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरुलार्इ द्न्सचेतनाको सन्देश को नाराले दिएको
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही जिल्ला धान उत्पादनमा अग्रस्थान रहेको छ। तर हामी यतिमा सन्तुष्ट हुनुहुँदैन। आदित्य एकीकृत कृषि तथा बागबानीका सञ्चालक संजयकुमार गुप्ता समयमा मलखात उन्नत जातकाबीउ बिजन उपलब्ध नहुनु किसानको जिन्दगी नै अभावै अभावमा बितिरहेको प्राविधिक पहुँच विस्तार नहुँदा उत्पादन बढाउनमा झन् कठिनाइ रहेको सञ्चालक गुप्ताको भनाइ रहेको थियो। छिमेकी देश चीनमा प्रति हेक्टर सात टन धान उत्पादन हुने हामी प्रति हेक्टर चार टन पनि उत्पादन गर्न सकेको छैन समयमा मलखात उन्नत जातको बिउ बिजन आधारभूत कृषि सामग्री पुर्याउन नसक्दा उत्पादन न बढेको सञ्चालक संजय कुमार गुप्ताले गुनासो पोखेका थिए। रोहिणी उपाध्यक्ष शिवकान्ति हरिजन प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी मतिवर यादव जीवन ज्ञवाली राजेन्द्र यादव सौरव बि का समेतको उपस्थितिरहेको थियो। रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता र वरिष्ठ बागद्वानी विकास अधिकृत मानदेव चौधरीको स्वागतमा रोहिणी कृषि शाखाका प्रमुख जितेन्द्र यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।