शहबाज खान, कपिलवस्तु ।
१८ असार । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं पूर्व कृषि एवं पशुपंक्षी मन्त्री अकबाल अहमद शाह लगायत दर्जनौं नेता केपी ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच पूर्वमन्त्री अकबाल अहमद शाह, कांग्रेसका नेता एवं पूर्व मन्त्री जितेन्द्र नारायण देव लगायत दर्जनौं नेता नेपाल कम्युनिस्ट पार्टी (एमाले ) मा प्रवेश गरेका हुन् ।
अध्यक्ष केपी शर्माओलीले दर्जनौं नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको हो । तराई – मधेशका दिग्गज नेता मध्ये पश्चिमतिरका अकबाल अहमद शाह र पूर्वका कांग्रेसी मधेशी नेता एमाले प्रवेश गरेपछि पार्टीमा थप उत्साह बढेको र मधेशी समुदायमा एमालेप्रतिको सकारात्मक भावना विकास हुँदै जाने वक्ताहरुको भनाई थियो ।
लुम्बिनी प्रदेशमा लोसपाका वरिष्ट नेता नै एमाले प्रवेश गरे पछि पार्टीलाई ठूलो धक्का लागेको कपिलवस्तुका राजनितिक वृत्तमा विश्लेषण भईरहेको छ । कार्यक्रममा वरिष्ठ नेता शंकर पोख्रेल लगायतको उपस्थिति थियो ।