logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    राहत र उद्धार गर्न मुख्यमन्त्रीको निर्देशन


    २५ असार २०८१ , सोमबार

    राहत र उद्धार गर्न मुख्यमन्त्रीको निर्देशन

    देउखुरी (दाङ), २४ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल राहत र उद्धारका गर्न निर्देशन दिनुभएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको हो ।

    लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग अविरल वर्षाका कारण भएको क्षतिको जानकारी लिएपछि मुख्यमन्त्री महराले राहत तथा उद्धारमा सकृयतापूर्वक लाग्न निर्देशन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    विपद्बाट प्रभावित नागरिकको सुरक्षा लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथामिकता भएकोले जिल्ला विपद् व्यवस्थापन समितिले सबै निकायसँग सहकार्य गरेर काम गरिरहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

    अविरल वर्षापछि लुम्बिनी प्रदेशका केही स्थानमा सडक अवरुद्ध भएको छ भन बाढी पहिरोले क्षती पु¥याउनुकासाथै बस्ती डुबानमा परेका छन् । विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री महराले उद्धार र राहतलाई सकृयतापूर्वक विपद् व्यवस्थापन समितिले काम गरिरहेको बताउनुभएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.