पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, साउन १३ । रुपन्देहीको रोहिणी क्षेत्रबाट ब्यापकरुपमा तस्करी हुने गरेको छ । यस क्षेत्रबाट तस्करहरुले तस्करीलाई ब्यापकता दिन थालेपछि स्थानीयहरुलाई रातीमा सुत्न समस्या परेको गुनासोहरु आउने गरेका छन् ।
विषेश गरेर प्रहरीसँगको मिलोमतोमा रोहिणीको वडा नं. ५ बरवाँ, बुची, इमलिहवा, भगवानपुर र धकधई क्षेत्रबाट तस्करी हुने गरेको छ । यि नाकाबाट रातीको समयमा चिनी, ब्रोइलर कुखुरा, खाद्यान्न, किरानाका सामान, लत्ताकपडा, हार्डवेयर सामान, टायल्स लगायतका सामानहरु भारतबाट नेपाल तर्फ ठूलो परिमाणमा दैनिक तस्कर हुने गरेको स्थानीयहरुले बताउने गरेका छन् ।
प्रहरीलाई खबर गर्दा बेवास्था गर्ने गरेको देखिन्छ । मासिकरुपमा तस्करसँग असुली गरी तस्करी गराएको आरोप प्रहरीलाई लाग्ने गरेको छ ।