लुम्बिनीखबर
रोहिणी, २४ साउन । रूपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा पर्ने गजननपुर गाउँका बासिन्दालाई आवतजावतमा कठिनाइ रहेको छ ।
रोहिणी गाउँपालिका वडा नं ३ र वडा नम्बर ४ नकहिया टोल र गजनानपुरको बीचमा पर्ने बघेला खोला मा पुल नहुँदा त्यहाँका विद्यार्थीहरूको पठनपाठन समेत मा असर परिरहेको छ ।
बघेला खोला पारी जनचेतना आधारभूत विद्यालयमा करिब २५ जना विद्यार्थी पठनपाठनको लागि जाने गरेका छन्। तर जब बघेला खोलाको बहाव बढ्छ विद्यार्थी बध्य भएर घर बस्छन् ।

सर्भेको तथ्याङ्कले देखाउँछ कि रोहिणी सुगम हो तर यही रोहिणी भित्र गजननपुर गाउँ विकट भएको ठाउँ हो कसैले सुनिदिँदैन पुल निर्माणमा राज्य को चासो देखिँदैन परशुराम लोधले लुम्बनी खबरसँग दुखेसो पोखेका थिए। आवश्यक परेको बेला पौडी खेलेर बघेला खोला वारपार गर्ने गरेको स्थानीयले बताएका हिउँदमा बाँसको सानो पुल हालेर विद्यार्थी र अन्य मानिसहरूको आवतजावतमा केही सहज हुन्छ भने अहिले बर्सातको समयमा आवतजावत नै बन्द हुने गरेको स्थानीयले बताएका छन्।
पुल पनि नभएको र बाटो पनि कच्ची र अप्ठ्यारो भएकाले यहाँका विद्यार्थी र गाउँवासीलाई आउन जानका लागि जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ। र खोलाले खेतीयोग जग्गा समेत बर्सेनी कटान गरिरहेको छ आफूहरूको माथिल्लो तहसम्म पहुँच नरहेकै कारण सबैभन्दा पुरानो गाउँ गजननपुरको विकास पछाडि परेको डेढ सय को हाराहारीमा परिवार बसोबास गरेको स्थानीय बासिन्दा भगवान प्रसाद यादवले जानकारी दिएका छन् सुकमबासी भरको पनि उस्तै पीडा पञ्चायतकालदेखि प्रजातन्त्र र गणतन्त्रात्मक व्यवस्थामा तीन तहका सरकार यस क्षेत्रबाट धेरै जना प्रतिनिधि सभा सदस्य संविधान सभा सदस्य मन्त्री प्रदेश सदस्य समेत हुनुभयो तर पुल निर्माणमा कसैको ध्यान नपुग्नु मानवीय सेवा हराएको माथिल्लो तहमा पहुँचवालाको विकास जसको पहुँच छैन जहिले पनि पछाडि परेको भरले पीडा सुनाए ।
४ नम्बरको वडाध्यक्ष तारानाथ यादव। आफूहरूसँग त्यति पर्याप्त बजेट नभएकै कारण समस्या हो। सम्बन्धित ठाउँमा पहल भइरहेको छ । यादवको भनाइ रहेको थियो रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले आफू यो पुलको लागि सम्बन्धित ठाउँमा समन्वय सहकार्यको प्रक्रिया अघि बढेको छ मेरो पहलकदमि अर्थपूर्ण हुनेछ यादवले बताएका थिए।