लुम्बिनीखबर
सिद्धार्थनगर, ९ भाद्र । सिद्धार्थनगर नगरपालिकामा स्थित रहेको सि.बि पव्लिक हाई स्कुलले श्री कृष्ण जन्माष्टमीको अवसरमा नृत्य कार्यक्रम गरेको छ ।
कार्यक्रममा भगवान श्री कृष्ण सम्बन्धी नृत्य, नाटक सहितको नृत्य विद्यालयको अगाडि गरिएको हो ।
श्री कृष्णको गीत नेपाली, मैथली र हिन्दी भाषामा बजाई १६ वटा एकल, सामुहिक तथा सदनात्मक प्रस्तुति सदनहरु (लुम्बिनी, तिलौराकोट, देवदह र रानी महल) सहित गरिएको छ ।
कार्यक्रममा स्कुलका प्रिन्सिपल, शिक्षक, शिक्षिका, कर्मचारी तथा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका साथै बाटोमा हिड्ने दर्शकहरुको उपस्थिति रहेको थियो भने सविना खातुन र कृषाग थापाले कार्यक्रम संचालन गरेका थिए ।
स्कुलका प्रिन्सिपल उदय कुमार मल्लिकका अनुसार– हरेक धर्म तथा सांस्कृतिको आआफनै महत्व हुन्छ, यसको संरक्षण गर्नु सबैको कर्तव्य पनि हो । त्यसैले सि.वि पब्लिक हाई स्कुल परिवारको तर्फवाट श्री कृष्ण जन्माष्टमी शुभकामनाका साथै यस कार्यक्रममा सहभागी भई सफल पारिदिर्नमा सहयोग गर्नु हुने सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी तथा दर्शहरुलाई धन्यावाद समेत छ ।