झब्बर यादव। लुम्बिनीखबर
सिद्धार्थनगर, २४ भाद्र। भैरहवामा ४५ औ विश्व पर्यटन दिवसको अवसरमा दुई दिवसीय भैरहवा खाना महोत्सव तथा सांगीतिक साँझ कार्यक्रम हुने भएको छ।
सिद्धार्थ होटल सङ्घ नेपाल शानले सोमबार पत्रकार सम्मेलन गरी संघको स्थापना दिवस तथा ४५ विश्व पर्यटन दिवससँगै मनाउन लागेको सङ्घका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो।
भैरहवामा मनाउन लागेको ४५ औ पर्यटन दिवसको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार दुर्गेश थापा, समीक्षा अधिकारी, सन्जना सिल्क, इन्दु दनुवार, अफसर अलि, अस्मिता अधिकारी, प्रीति पासवान, प्रशंसा पाण्डे, मनिष कार्कीको प्रस्तुति रहने कार्यक्रम संयोजक विनोद खरेलले जानकारी दिनुभयो।
२७ सेप्टेम्बरका दिन मनाइने विश्व पर्यटन दिवस यो वर्ष भैरहवामा मनाइने भएको छ। सेप्टेम्बर २७ र २८ का दिन मनाउन लागेको यो दिवसको समुद्घानका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको समेत उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेशका पाँचतारे,चार तारे, तीनतारे तथा अन्य सुविधा सम्पन्न होटल तथा रेस्टुरेन्टको आकर्षक स्थलहरू राख्नेछन्।