logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सम्मरीमाई वडा नं.६ को सरहनिय कार्य नहरको पानी शुल्क वडाले तिर्ने


    २७ भाद्र २०८१ , बिहिबार

    सम्मरीमाई वडा नं.६ को सरहनिय कार्य नहरको पानी शुल्क वडाले तिर्ने

    असलम खान । लुम्बिनीखबर
    मर्चवार, २७ भदौ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा पानी पोत वडाले तिर्ने भएको छ। मर्चवार लिफ्ट सिचाइ जल(उपभोक्ताको नहर वाट किसानले सिचाइ गरे बापत किसान हरुले शुल्क ९पानी पोत० तिर्नु पर्दै थियो । तर सम्मरीमाई वडा नम्बर ६ को कार्यालय र मर्चवार लिफ्ट सिचाइ जल(उपभोक्ता संस्थाले बुधबार एक सम्झौता गरेको छ। अबदेखि वडा कार्यालयले सम्पूर्ण नहर वाट सिचाइ भइरहेको शुल्क वडा कार्यालयले तिर्ने भएको सम्मरीमाई गाउँपालिका नम्बर ६ का वडा सचिव मेघु प्रसाद धवलले बताएका छन्।

    सो समझौता गर्ने क्रममा बोल्दै सम्मरीमाई गाउँपालिका पुर्व अध्यक्ष जितेन्द्र नाथ शुक्ला (बब्लु )ले वडा कार्यालयको सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी हरुलाई धन्यवाद दिदै यस्ता कार्यको प्रशंसा गरेका छन्। उनले सिचाइको शुल्क ९पानी पोत० वडा कार्यालयले तिर्न भए पछि अब किसान हरुलाई प्रत्येक्ष लाभान्वितत हुने भएका छन् । जब किसान हरुलाई खेती गर्ने समय आउ थियोे त्यहीँ बेला नहरको पानी पोत तिर्नु पर थियो। कृषक हरु झन् दुखि र दबावमा हुन्थ्ए। तर अब वडा कार्यालयले शुल्क तिर्ने भए पछी कृषक हरुलाई धेरै राहत हुने शुक्लाले बताए ।

    अबदेखि वडा नम्बर ६ मा पर्ने नहरहरुको समय(समयमा सरसफाइ देखि लिएर किसानलाई आवस्यकता अनुसार पानी पाउने, सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा पर्ने सम्पुर्ण सिचाइ शुल्क वडा कार्यालयले तिर्ने भने हाम्रो सम्झौता भएको सम्मरीमाई गाउँपालिका वडा नम्बर (६ का वडा अध्यक्ष तौलन केवटले बताएका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.