पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, २ असोज । श्री राम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय स्वामीनगर धकधर्इले ६९औं वार्षिकोत्सव तथा अभिभावक भेला एक कार्यक्रम बीच भव्यताका साथ सम्पन्न गरेको छ ।
वि.स २०१३ सालमा स्थापना भएको रामनरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयमा हाल २ हजार विद्यार्थी पठनपाठन गरिरहेका प्रगति प्रतिवेदनमा उल्लेख रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पूर्व कृषि मन्त्री छविलाल विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गर्दै स्थापना कालदेखि हालसम्म विद्यालयमा योगदान पुर्याउनेहरू प्रशंसनीय योग्य कार्य गरेको धन्यवाद समेत दिनुभएको थियो। प्राविधिक धारको पठनपाठन मैत्री कसरी बनाउने प्राविधिक धारको लागि प्राविधिक सामग्री उपलब्ध गराउने मेरो तर्फबाट पहलकदमी हुनेछ विश्वकर्माको भनाइ रहेको थियो।

विद्यालयको आवश्यक पूर्वाधार तयार भएकोले अबको विद्यार्थीले स्नातक तहको पठन पाठन आफ्नै घर आगनम अध्ययन गर्न पाउने स्नातक तह सञ्चालनमा हामी सबैको साथ र सहयोगको आवश्यक रहेको छ।
यसको लागि विद्यालय व्यवस्थापन समिति विद्यालय प्रशासन समेतको टोली स्नातकताको निर्णयको प्रस्तावित प्रतिलिपि सिफारिस सहित सम्बन्धित निकायमा जानुपर्ने त्यसको अगुवाइ गर्न आफू गर्ने प्रतिबद्ध रहेको प्रमुख अतिथि विश्वकर्माले भन्नुहुन्छ । विद्यालयलाई शिक्षाको केन्द्र बनाउने हामी सबैको संयोजन सहयोगमा मेरो साथ रहने विश्वकर्माको भनाइ रहेको छ। साथै धकधर्इ देखि शङ्करपुरको निर्माणाधीन अधुरो बाटो छिट्टै निर्माण कार्य सुरु हुने प्रमुख अतिथि विश्वकर्माले बताउनुभयो । विद्यालयको गेटदेखि मनोहरापुर पजारकट्टी सशस्त्र क्याम्प र भगवानपुर धकधइको सडक पनि सुरु हुन्छ। नयाँ गतिका साथ काम हुन्छ । काम नगर्ने ठेकेदारलाई छुट हुने नहुने विश्वकर्माले जनाउनुभयो।
विद्यालयका प्रधानाध्यापक अब्दुलहलीम खान वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य आशिष चौधरी रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादव, रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकन्ती चामर, शिक्षा शाखा अधिकृत मधु घिमिरे, वडा अध्यक्ष ३ नम्बरका एवं प्रवक्ता वीरबहादुर क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक मन्त्री तहिर अलि, पूर्व प्रधानाध्यापक मोहम्मद इद्र्शी खा, पूर्व प्रधानाध्यापक तारानाथ त्रिपाठी, देवेन्द्रनाथ पाण्डे पूर्व प्रधानाध्यापक रामजीत चौधरी, संजय गुप्ता, विष्णु चौधरी पूर्व विद्यालय व्यवस्थापन अध्यक्ष बैजनाथ सहानी पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार यादव हरिगोपाल चौधरी, समाजसेवी, जग्गादाता सतीश चन्द्र मिश्रा प्रदिप पाण्डे सरोज पाण्डे जोगेन्द्र चौधरी लगायतका वक्ताहरूको एउटै जोड स्नातक ताहलाई सञ्चालनमा ल्याए मात्र यस क्षेत्रको बालबालिकाको शैक्षिक क्षेत्र मात्र प्रभावकारी हुने विद्यार्थी अभिभावक लभकारी हुने मत्र यस क्षेत्रले सार्थकता पाउनेमा सबैको एउटै जोड थियो ।
समापन कार्यक्रममा विधालय ब्यवस्थापन समिति अध्यक्ष अमर नाथ त्रिपाठि ले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्नुभयो उहाँले अभिभावकलाई इङ्कित गर्दै आफ्नो बच्चाहरूको प्रतिभा आफै हेर्न सक्नुहुन्छ भन्दै कुनै समस्या भए विद्यालयमा गुनासो गर्न सक्नुहुन्छ भन्दै अभिभावकले हरेक महिनामा कक्षा शिक्षकसँग आफ्नो बालबालिकाको प्रगति विवरण लिनु पर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार र अभिभावकहरूलाई सम्मान समेत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृति झल्काउने गरी नाटकहरू प्रस्तुत गरेका थिए आफ्नो बालबालिकाहरूको प्रतिभा देखेर अभिभावकहरु खुसी देखिएका थिए विद्यालय नमुना विद्यालयको रूपमा सञ्चालन भइरहेको छ भने शिक्षक वीरेन्द्र गौड को सञ्चालनमा सहायक प्रधानाध्यापक गिरधारि चौधरी को स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो।