logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भैरहवाकै उत्कृष्ट इन्स्टिच्यूट


    २० कार्तिक २०८१ , मंगलबार

    भैरहवाकै उत्कृष्ट इन्स्टिच्यूट

     

    झब्बर यादव।लुम्बिनीखबर
    भैरहवामा विद्यार्थीको माग अनुसार ज्ञान र सिप सिक्नका लागि देशका विभिन्न विकसित सहरमा महगो शुल्क तिरेर अध्ययन गर्नु पर्ने बाध्यतालाई विशेष ध्यानमा राखि न्यू बुद्ध एजुकेशन एण्ड कम्प्यूटर इन्स्च्यिूटको संचालनमा रहेको छ ।

    भैरहवा, २० कात्तिक ।रुपन्देही जिल्लाको भैरहवामा हाल दर्जन भन्दा बढी इष्स्टिच्यूटहरु खुलेका छन् । अहिले शिक्षाको आवश्यकता र महत्वलाई विशेष ध्यानमा राखि प्रशिक्षण केन्द्रहरु स्थापना भएका छन् । ज्ञानको मेरुदण्ड शिक्षा नै हो ।मानव विकास सगैं शिक्षाको विकास भएको मानिन्छ । न्यू बुद्ध एजुकेशन एण्ड कम्प्यूटर इन्स्टिच्यूटले नयाँ प्राविधिक व्यवस्थापनका साथ विद्यार्थीलाई सहजीकरण गर्दै आइरहेका छ ।
    रुपन्देहीको सदरमुकाम भैरहवाको मुटु भनेर चिनिने बुद्ध चोक र बर्मेली टोल हो । बुद्ध चोक भन्दा ५ सय मिटर राजमार्गको पश्चिम पट्टी पन्त भवनमा न्यू बुद्ध एजुकेशन एण्ड कम्प्यूटर इन्स्टिच्यूट अवस्थित छ ।
    न्यू बुद्ध एजुकेशन एण्ड कम्प्युटर इन्स्टिच्यूटका संचालक दिनेश गुप्ता संग लुम्बिनीखबर पत्रिकाका संवाददाता रमा पन्थी संग गरिएको कुराकानी ।
    यो इन्स्टिच्यूट २०७५ सालमा स्थापना भएको हो । सिद्धार्थनगर नगरपालिका वडा नं.– १२ नयाँ सडकमा ४ जना कम्प्यूटर कोर्सका विद्यार्थीबाट सुरु गरिएको यस इन्स्टिच्यूटमा हाल ३ सय भन्दा बढी विद्यार्थीहरु रहेका छन् ।
    शिक्षा जीवनका लागि अत्यन्तै महत्वपूर्ण विषय हो । आफू एक शिक्षित युवा भएकाले र आफ्नै देशमा बसेर सेवा गर्ने भावनाले उव्जेको मनोभावलाई आत्मसाथ गर्दै शिक्षा क्षेत्रमै होम्मिएको न्यू बुद्ध एजुकेशन एण्ड कम्प्युटर इन्स्टिच्यूटका संचालक दिनेश गुप्ता बताए ।


    मानिसले शिक्षा आर्जन गर्नका लागि देशको विभिन्न कुना काप्चामा र भारत साथै तेस्रो मुलुकमा धाउनु परेको छ । विद्यार्थीहरुलाई चाहिने जतिको ज्ञान, सिप नहुँदा पछाडि परेका हुन्छन् । जसले गर्दा उनीहरुले कुनै पनि ठाउँमा गएर यहाँ सिकेको सिपले जुनसुकै ठाउँ, परिवेशमा गएर पनि दक्षता हासिल गर्न सक्छन भन्ने गुप्ताको दावी छ । विद्यार्थीलाई हरेक क्षेत्रका आवश्यकता अनुसार पूर्णरुपमा तयार पारि सहजीकरण गरिरहेको बताए ।
    स्वदेश तथा विदेशमा रोजगारका लागि दक्ष तथा अनुभवी कर्मचारीको मागका बढेको देखिन्छ । त्यही मागका आधारमा यहाँ आएका सिकारुलाई चाहिए अनुसारको ज्ञान र सिप दिई दक्ष जनशक्ति तयार गर्दै आइरहेको बताए ।
    विकासको आधारमा पछाडी परेको रुपन्देही जिल्लाको मर्चवार, लुम्बिनी, धकधई क्षेत्र र कपिलबस्तु, अर्घाखाची, गुल्मी पाल्पा लगायतका अन्य पहाडी जिल्लाबाट पढ्नका लागि आएका हुन्छन् । साथै कामका सिलसिलामा भैरहवाका आसपासमा बस्ने गुहणी तथा अन्य संघसंस्था वा कार्यालयमा कार्यरत मानिसहरुले पनि सिक्नका लागि आउने गर्दछन् । स्थापना कालमा कम्प्यूटर कक्षाबाट सुरु भएको इन्स्टिच्यूट हाल सिक्न चाहने विद्यार्थीहरुलाई आवश्यकता अनुसार इन्स्टिच्यूटमा कम्प्यूटर कोर्ष, विद्यालय तह, माध्यमिक तह, स्नातक तह, स्नातकोत्तर तहका सम्पूर्ण विषयको तयारी कक्षा, भाषा तर्फका कोरियन, जापानिज, अग्रेजी, भारतीय भाषाका कक्षा, लोक सेवा तर्फका तयारी कक्षा, अध्यापन अनुमति पत्र तयारी कक्षा, शिक्षक सेवा आयोगको तयारी कक्षा, बैंकिङका कोर्षको तयारी कक्षा, व्रिज कोर्ष, प्राविधिक प्रवेश परीक्षाको तयारी कक्षा जस्ता कोर्षहरुमा विशेष छुट दिदैं आइरहेको इन्स्टिच्यूटका संचालक गुप्ताले बताए ।
    लक्षित वर्गका विद्यार्थी आफ्नो वडाबाट सिफारिस ल्याएमा निःशुल्क र यस इन्स्टिच्यूटको मापदण्ड अनुसार प्रोत्साहन स्वरुप विशेष किसिमको व्यवस्था रहेका छ ।
    विद्यार्थीहरु विद्यालय तह उर्तीण उच्च शिक्षाका लागि अन्योलमा परेका हुन्छन् । फरक क्षमता रहेका विद्यार्थीले आफनो मार्ग तय गर्न नसक्दा दुविधामा परेका हुन्छन् । त्यस्ता विद्यार्थी यहाँ आएपछि क्षमताको मूल्याङ्कन गरी आवश्यकता अनुसारको सुझाव सल्लाह दिनुका साथै त्यसै अनुरुप सिकाई र सहजीकरण गर्दै आएका छौं ।


    साधारण र प्राविधिक धारका विषय अध्ययनका लागि सर्बप्रथम प्रवेश परिक्षा (इन्ट्रान्स) लिइन्छ । प्रवेश परिक्षाका लागि ३ महिनामा नै दक्ष तथा योग्य शिक्षकबाट तयारी गराउनु पर्ने हुन्छ । विद्यार्थी यस इन्स्च्यिूटमा प्रवेश गरेपछि उनीहरुको चाहना अनुसार साधारण र प्राविधिक धारको यथार्थ बुझेर मात्र आवेदन फारम देखि लिएर अन्य सम्पूर्ण प्रक्रिया अगाडि बढाउने गरेका छौं ।
    इन्स्टिच्यूटका संचालक गुप्ताले भनेर्र्र्– यस इन्स्टिच्यूटमा अध्ययन तथा सिप सिकेका विद्यार्थीहरु सबै क्षेत्रमा रुपन्देहीमा मात्र नभई नेपाल र विदेशमा होटल, रेष्टुरेन्ट, बंैक, कृषि बजार, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, व्यापार, व्यवसाय लगायतका अन्य क्षेत्रमा जोडिन सफल छन् ।’’
    नेपाली युवाहरु भाषा र सिप सिकेर मात्र वैदेशिक यात्रा तय गरेमा उनीहरुलाई सहज वातावरण हुने छ । यसका लागि इन्स्टिच्यूटले सुविधायुक्त प्राविधिको प्रयोग गरी दक्ष तथा अनुभवी शिक्षकबाट गुणस्तरीय रुपमा सिकाउदै आएको बताए ।
    यस इन्स्टिच्यूटबाट हरेक वर्ष विद्यार्थीहरु विभिन्न क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका उदाहरणहरु पनि छ ।
    भैरहवाको मात्र नभई नेपालको समेत विकासका लागि इन्स्टिच्यूट टेवा पुर्याएको छ । इन्स्च्यिूटले समय समयमा विभिन्न सरोकारवाला व्यक्तित्व, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीविहरुसंग छलफल तथा अन्तक्रिया, गोष्ठी कार्यक्रम समेत गर्दै आइरहेको इन्स्टिच्यूटका संचालक गुप्ताले बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.