logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    दरखसवा पार्कमा छठ पूजाको रौनक विशेष तयारीका साथ मनाउने तयारी


    २२ कार्तिक २०८१ , बिहिबार

    दरखसवा पार्कमा छठ पूजाको रौनक विशेष तयारीका साथ मनाउने तयारी

    रमा पन्थी । लुम्बिनीखबर
    भैरहवा, २२ कार्तिक । सिद्धार्थनगर नगरपालिका वडा नं.–३ दरखसवामा विशेष रौनकका साथ छठ पूजा मनाउन लागेको छ । कालीमाई मन्दिर छठ पूजा समिति दरखसवाले जनाएको छ । छठ पूजा निकै भव्य र सभ्य तरिकाले मनाउन गइरहेको छ ।

    बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ । अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमा समेत उपयोग गरिँदै आएको समितिका अध्यक्ष हरिद्वार गुप्ताले बताउनु दिनुभयो ।
    छठ घाट पूजामा आई ब्रतवसी छठीमार्ईको पुजा, आराधना र व्रत गरेपछि सन्तानको लाभ, लामो आयु र परिवारजनमा सुख शान्तिका साथै समृद्धि हुने विश्वास रहेको एक श्रद्धालुभक्त कालीमाई मन्दिर समितिका सदस्य कुलदीप कुमार गुप्ताले बताउनुभयो ।
    यहाँका जनसमुदायबाट स्वच्छिक सहयोग शुल्कबाट छठका लागि आवश्यक तयारीको खर्च जुटाइएको हो । छठ घाटमा करिव ५ सय भन्दा बढी श्रद्धालु भक्तजनहरु आउने अनुमान गरिएको छ ।
    बिहीबार आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल पूर्णरुपमा तयार भएको छ । ५५ वटा बेदी तयार पारिएकोे छ । तयारीका लागि यस क्षेत्रमा सरसफाइ, माटो सम्याउने, तयार, बत्ती, मञ्च लगायत काम भएको अध्यक्ष गुप्ताले बताउनु दिनुभयो ।
    अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधना सहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने चलन रहेको एक बर्तालु भक्तले जनाउनुभयो ।
    विगतको वर्षदेखि छठ घाट दरखसवामा मनाउदै आएको कालीमाई मन्दिर समितिले यस वर्षको छठ पूजाका दिन बृह्त कार्यक्रम समेत गर्ने भएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.