logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरका मेयर खाँद्वारा छठ पूजा, धार्मिक सद्भावको सन्देश


    २२ कार्तिक २०८१ , बिहिबार

    सिद्धार्थनगरका मेयर खाँद्वारा छठ पूजा, धार्मिक सद्भावको सन्देश

    भैरहवा, कार्तिक २२ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले छठ पर्वमा सहभागी भई धार्मिक सद्भावको सन्देश दिएका छन् । हिन्दू धर्मावलम्बीहरूले मनाउँदै आएको यस पर्वमा बिहीबार भैरहवाका श्री काली भक्ति गण (ई), श्री राम जानकी हनुमान मन्दिर, दरखसवा, नौडिहवा लगायतका छठ पोखरीहरूमा पुगेर उनले छठी माताको पूजा गरे। मेयर खाँले छठ पूजा गर्दै सबै धर्मको उद्देश्य शान्ति, अहिंसा र आत्मशुद्धि भएको उल्लेख गर्दै धर्म, संस्कृति नेपालको पौराणिक सम्पत्ति भएको बताए । उनले यस्ता पर्वलाई साझा रूपमा मनाउँदा यसको महत्व बढ्ने विश्वास व्यक्त गरे ।

    उपमेयर उमा अधिकारीले पनि विभिन्न छठ पोखरीहरूमा पूजा गरिन् । बिहीबार साँझ रुपन्देहीका नदी, पोखरीमा हजारौं श्रद्धालुले अस्ताउँदो सूर्यलाई पूजा गरी छठ पर्व मनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.