logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रहेनन् हवल्दार प्रभु कोहार


    २८ असार २०७३ , मंगलबार

    रहेनन् हवल्दार प्रभु कोहार

    भैरहवा, २८ असार । नवलपरासीको बर्दघाट ४ बासखोलामा सोमवार राति मोटरसाईकल दुर्घटनामा परि गंभिर घाइते भएका प्रहरी हवल्दार प्रभु कुहारको आज मृत्यु भएको छ ।

    अञ्चल प्रहरी कार्यालय भैरहवामा लागुऔषद व्युरोमा कार्यरत हवल्दार कोहार लागुऔषद व्युरो काठमान्डौमा विशेस कामले पुगेर फर्कने क्रममा मोटर साईकल दुर्घटनामा परेर उनको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एसएसपी शेरवहादुर वस्नेतले जानाकारी दिए ।
    काठमान्डौ वाट भैरहवा तर्फ आउदै गरेको बा ७५ प ७९०६ नम्बरको सरकारी मोटरसाईकल बर्दघाट ४ बासखोलामा आफै अनियन्त्रित भई पल्टदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
    दुर्घटनामा गम्भिर घाइते भएका कोहारको उपचारको क्रममा भरतपुर अस्पतालमा मंगलवार बिहान मृत्यु भएको थियो ।
    रुपन्देहीको रायपुर गाविस स्थायी घर भइका कोहार लागुऔषद व्युरोका रहि लागुऔषदमा फसेका युवाहरुको न्युनीकरणमा समेत सक्रिय थिए ।
    स्थानिय विभिन्न संघ सस्था, पत्रकार तथा सामाजिक अभियान्ताहरु संग राम्रो सम्वन्ध स्थापीत गरेका कोहारको मृत्यु पछि सवैलाई स्तव्ध तुल्याएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.