लुम्बिनीखबर
भैरहवा, मंसिर । नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट (नाट्टा ) लुम्बिनी प्रदेशको १५औं अधिवेशन सम्पन्न भएको छ । मंसिर १ गते शनिवार बुटवलमा भएको निर्वाचनबाट चन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । थापा अनुस्का ट्राभल एण्ड टुर प्रा.लि. प्रबन्ध निर्देशक हुन ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्ष कुलचन्द्र पान्डे, द्वितीय उपाध्यक्ष गोबिन्द सिह, तृतीय उपाध्यक्ष अन्जन कुमार श्रेष्ठ, महासचिब सीता बस्याल, सचिव अंकित जयसवाल, कोषाध्यक्ष प्रदिप कुमार पोख्रेल, सह कोषाध्यक्ष बिराट श्रेष्ठ निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत अधिवक्ता युवराज कंडेलले जानकारी दिएका छन् ।
त्यस्तै सदस्यमा गणेश भट्टराई, बरुण ज्ञवाली, प्रदिप प्रसाद उदय, जिबनाथ पौडेल ( हरि), मित्रशरण शर्मा (बाबुराम), टंक काफ्ले, गौरब पान्डे, भुवन पान्डे सहित निर्वाचित भएका छन् ।