logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु


    १२ मंसिर २०८१ , बुधबार

    लुम्बिनीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, १२ मंसिर । लुम्बिनी सांस्कृतिक नगरपालिकामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । “हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने नाराका साथ सुरु भएको हो ।
    नगरपालिकाले ’लैगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने मुल नाराका साथ सुरु गरिएको छ । ।
    नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम सञ्चालन हुने गर्दछ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा सोमबारदेखि सुरु भएको छ ।
    अभियानकै क्रममा नगरपालिकाले सोमबारदेखि औपचारिक रुपमा महिला हिंसा विरुद्धको अभियान सुरु गरेको छ ।

    नगरपालिका नगरप्रमुख सजरुद्दीन मुसलमानले अन्तर्राष्ट्रिय दिवसका साथसाथै आजै देखी सुरु हुने महिला हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सबै आआफ्नो ठाउँबाट बलियो समर्थन दिनु आवश्यक छ । लैंगिक हिंसा समाजका विभिन्न स्थानमा भैरहेको र हिंसा समेत विभिन्न प्रकृतिका भएकोले त्यसको अन्त्यका लागि सवैको ऐक्यबद्धता जरुरी रहेको बताए । नगरपालिकालाई लैंगिक हिंसा अन्त्य पालिका घोषणा गर्न सवै सरोकारवालको महत्वपूर्ण भूमिकाबाट मात्र संभव रहेको बताए । यसलाई अन्त्य गर्न सवै एकजुट हुनुपर्ने जरुरी रहेको बताए ।
    नगर उपप्रमुख कल्पन हरिजनले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मात्र नभई सधैं नै लैंगिक हिंसा नियन्त्तणमा सवैको ध्यान जानुपर्नेमा जोड बताइन् । उपप्रमुख हरिजनका अनुसार र्–लैंगिक हिंसा अन्त्य गर्न जनचेतना, लैङ्गिक हिंसाको शिक्षा, नतिजा र प्रभावहरूको बारेमा जनतालाई सचेत बनाउन आवश्यक छ । ’ कानूनी संरक्षण र न्याय पीडित व्यक्तिहरूलाई न्यायको लागि मार्गदर्शन र कानूनी सहायता उपलब्ध गराउन आवश्यक रहेको बताइन् । समाजको सहयोग र सहभागिता पुरुष र महिला सबैलाई लैङ्गिक हिंसा विरुद्धको अभियानमा सहभागी गराउने र समाजका सबै वर्गलाई यसका विरुद्ध एकजुट बनाउने उनको भनाइ छ ।
    प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले लैङ्गिक हिंसा विरुद्धको अभियान समाजको हरेक सदस्यको सहयोग र योगदानको आवश्यकता पर्छ। यदि हिंसा रोक्न र सशक्त समाज बनाउन चाहन्छौं भने हामीलाई सँगै काम गर्न र सुधारका उपायहरू लागू गर्न जरुरी छ ।
    कार्यक्रममा नगरपालिकाका सम्पूर्ण वडा अध्यक्ष, कर्मचारीहरु , कार्यपालिका सदस्य लगायतले म हिंसा गर्दिन, हिंसा सहदिँन, हिंसा विरुद्धमा आवाज उठाउँछु, हिंसा भएमा वा देखेमा प्रतिकार गर्छु भन्ने ब्यानरमा हस्ताक्षर गरेका थिए भने शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.