लुम्बिनीखबर
भैरहवा, १७ मंसिर । जेसिआई सिद्धार्थ लेडी, नेपालको २८ औँ शाखा अधिवेशन सम्पन्न भएको छ । जेसिआई सिद्धार्थ लेडी, नेपालले शुक्रवार एक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।
जेसिज विशेष सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थाले विगत लामो समयदेखि समाजमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
जेसिआई सिद्धार्थ लेडी, नेपालको वर्ष २०२५ का लागि निर्विरोध अध्यक्ष पदमा अम्बिका घिमिरे चयन हुनु भएको छ भने त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसी अप्सरा पाण्डे, जेसी बेनुका खडका, उपाध्यक्षमा जेसी पूजा कार्की, जेसी दिव्या शर्मा, जेसी दिपा गुरुङ्ग, जेसी सपना घिमिरे चयन हुनु भएकाे छ ।