लुम्बिनीखबर
भैरहवा, १७ मंसिर । लियो क्लब अफ सिद्धार्थनगर बोहेयन्सले ६७औँ लियो सप्ताह उत्सवमा विभिन्न कार्यक्रम गरेको छ । क्लबले आफ्नो योजना अनुसार ६७औँ लियो सप्ताह उत्सव अन्तर्गत रहेर फिटनेश तथा योग कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम सिद्धार्थनगर नगरपालिका वडा नं.–८ को शिव मन्दिर मैदानमा गरिएको हो ।
शरीरलाई तन्दरुस्त राख्नको लागि योग, ध्यान गर्नु पर्छ । शारीरिक, मानसिक रुपमा स्वस्थ रहनमा महत्वपूर्ण सहयोग गर्दछ ।
कार्यक्रममा वडा नं. ८ का ४० भन्दा बढी स्थानीय बासीहरुको सहभागिता रहेको थियो । साथै क्लवले निःशुल्क रुपमा प्रवेश गराई योग तथा फिटनेस कार्यक्रम गरेको आयोजक स्रोतले जानकारी दिएको छ ।
कार्यक्रम लियो क्लब अफ चार्टरकी अध्यक्ष सृजना कुँवर क्षेत्रीको अध्यक्षता, प्रमुख अतिथि संजोग राज तिवारी, विशिष्ट अतिथि लियो डिष्ट्रिक ३२५ पी एरिया टु एरियाका अध्यक्ष मनिष ढकाल रहनु भएको थियो ।
कार्यक्रममा योग गुरु अनिल प्रधानले सहजीकरण गर्नु भएको थियो भने लियो हेमाली मल्ल ठकुरीको संयोजकत्वमा भएको हो ।